२०८२ भाद्र १, आईतबार
24 खबर अपडेट

जन्मदिनको अवसरमा कार्यपालिका सदस्य बस्यालद्धारा डष्टबिन र न्यानो स्वीटर वितरण

२०८० पौष २८, शनिबार प्रकाशित ( साल अघि) ९०५ पाठक संख्या

परासी,२८ पुस । पछिल्लो समय आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार नेपालीहरुमा बढ्दो छ।
आफू धर्तीमा पाइला टेकेको दिनलाई फजुल खर्च गदैं उत्सवको रुपमा मनाउनेहरूको बीचमा पश्चिम नवलपरासीकी एक जनप्रतिनिधि महिला नेतृले भने सामाजिक सेवाका साथ आफ्नो जन्मदिन मनाउनु भएको छ ।
सुनवल नगरपालिका -११ निवासी भगवती बस्यालले सामाजिक एवम् मानवीय सेवामा आफूलाई समर्पित गरि जन्मदिन मनाउनु भएको हो । सुनवल नगरपालिकाकि कार्यपालिका सदस्य एवं सामाजिक विकास समिति संयोजक बस्यालले जन्मदिन मनाउने बहानामा हुने खर्च बचाएर आज आफ्नो वडाका दुईवटा सामुदायिक विद्यालयलाई सहयोग गर्नुभएको छ ।
उहाँले सुनवल नगरपालिका वडा न ११ मा अवस्थित सार्वजनिक आधारभूत बिद्यालय मिश्रौलीलाई १३ थान डस्टविन वितरण गर्नुभयो । आजै सोही वडाको पहाडी क्षेत्रमा रहेको जनशान्ति आधारभूत विद्यालय धुरकोटमा अध्यनरत सबै विद्यार्थीहरुलाइ पनि विद्यालय स्वीटर वितरण गर्नुभएको छ ।
विद्यालय क्षेत्रलाई सफा सुग्गर बनाई राख्न तथा गरिबीका कारण न्यानो कपडाको अभावले जाडो कटाउन समस्या नपरोस् भनेर विद्यार्थीलाई न्यानो स्वीटर वितरण गरेको बस्यालले बताउनुभयो । जन्मदिनको नाममा अनावश्यक खर्च गर्नु भन्दा सामाजिक कार्यमा सहयोग गर्दा खुशी महशुस गरेको पनि उहाँले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%४%१%

प्रतिक्रिया दिनुहोस