२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

रामग्राम जेसीजको २४ औँ पदहस्तान्तरण एवं पदस्थापन सम्पन्न

२०८० पौष २५, बुधबार प्रकाशित ( महिना अघि) ३६० पाठक संख्या

परासी, २५ पुस । युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा सक्रिय संस्था रामग्राम जेसीजको २४ औँ पद हस्तान्तरण तथा पदस्थापन समारोह सम्पन्न भएको छ । समारोहमा रामग्राम जेसीज वर्ष २०२३ का अध्यक्ष बेनीमाधव बस्यालले वर्ष २०२४ का लागि निर्वाचित अध्यक्ष मोहन पौडेललाई पद हस्तान्तरण तथा पदस्थापन गर्नुभएको हो ।
रामग्राम जेसीजको गत पुस १४ गते सम्पन्न २४ औँ शाखा अधिवेशनबाट पौडेलको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित भएको थियो । पदहस्तान्तरणसँगै वर्ष २०२३ का अध्यक्ष बस्यालले नवनिर्वाचित अध्यक्ष पौडेललाई जेसीज माला हस्तान्तरण गर्दै सपथग्रहण गराउनुभएको थियो । यस्तै नवनिर्वाचित अध्यक्ष र्पौडेलले नयाँ समितिका अन्य पदाधिकारीलाई सपथग्रहण गराउनुभयो ।
समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाल जेसीज वर्ष २०२४ का राष्ट्रिय अध्यक्ष सिनेटर रविन पोखरेलले युवाहरुको विदेश पलायनलाई रोक्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले जेसीजले समुदायसँग जोडिएर युवाहरुलाई स्वदेशमै बस्ने वातावरणको सिर्जना गर्न अभियान चलाउने बताउनुभयो ।
मुलुकमा रहेका स्रोत साधन परिचालन गरेर युवाहरुलाई स्वदेशमै रोजगारीका लागि सकारात्मक आशा जगाउनुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक), नेपाल जेसीजका निरुपित राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष सिनेटर सन्दिप अग्रहरी, निरुपित राष्ट्रिय उपाध्यक्ष गणेश सापकोटा, पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर श्रीधर बस्याल, रामग्राम जेसीजका संस्थापका अध्यक्ष श्याम बस्याल, पूर्व अध्यक्ष सुमन गोपाल आचार्य,पूर्व अध्यक्ष एवं निर्वाचन आयुक्त सिनेटर गिरीराज पाण्डेय, वर्ष २०२३ का अध्यक्ष बेनीमाधव बस्याल, वर्ष २०२४ का अध्यक्ष मोहन पौडेल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
रामग्राम जेसीजको वर्ष २०२४ को लागि कार्यकारीणी उपाध्यक्षमा सुनिल कुमार यादव र हेमन्त चौधरी, उपाध्यक्षमा डा.किरण गुप्ता, अधिवक्ता श्रद्धासुमन आचार्य, उमेश कोंहार, रोशनी अग्रहरी, सहसचिवमा विन्द्रेश हरिजन र सहकोषाध्यक्षमा हिमाल चन्द्र अर्याल निर्वाचित हुनुभएको थियो भने जेसीजको विधान अनुसार अध्यक्ष पौडेलले महासचिवमा मुकेश नारायण लोनिया, कोषाध्यक्षमा पुष्पा खनाल र कानूनी सल्लाहकारमा विष्णुराज रावलाई नियुक्त गर्नुभएको छ ।
यस्तै अध्यक्ष पौडेलले वर्ष २०२४ को प्रमुख अध्यक्ष सल्लाहकारमा सिनेटर गिरीराज पाण्डेय, अध्यक्ष सल्लाहकारमा राजकुमार रेश्मी, पुरुषोत्तम ढकाल, यमकुमारी सुवेदी, सञ्जय पाठक र चन्द्रमणि चौधरीलाई मनोनीत गर्नुभएको छ भने बोर्ड सल्लाहकारमा राजु देवान, श्याम कोंहार र सन्तोष खनाललाई मनोनीत गर्नुभएको छ ।
यसैगरी तालिम आयुक्तमा पुरुषोत्तम तिवारी, प्रकरण निर्देशकमा निरज ज्ञवाली, सदस्यता बृद्धि निर्देशकमा जगदिश कोंहार, शिक्षा संयोजकमा चन्द्रमणि लम्साल,जनसम्पर्क अधिकारीमा रामप्रसाद पौडेल, कोष वृद्धि निर्देशकमा पारस यादव र सूचना प्रविधि निर्देशकमा अनिरुद्द ठाकुरलाई मनोनीत गरिएको छ । जेसीजमा एक व्यक्ति, एक पद र एक वर्षको कार्यकाल रहने गर्दछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस