२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

रामग्राम महिला जेसीज २०२४ को अध्यक्षमा खड्का

२०८० पौष १३, शुक्रबार प्रकाशित ( महिना अघि) ३४७ पाठक संख्या

परासी, १३ पुस । रामग्राम महिला जेसीज वर्ष २०२४ को अध्यक्षमा बिनिता खड्का निर्वाचित हुनु भएको छ । महिला जेसीजको आज सम्पन्न १४ ओैँ वार्षिक साधारणसभा तथा १३ ओैँ शाखा अधिवेशनले खड्काको नेतृत्वमा वर्ष २०२४ को लागि नयाँ नेतृत्व चयन गरेको हो ।

20231229_181354

 

नवनिर्वाचित समितिको कार्यकारिणी उपाध्यक्षमा डोल्मा चौधरी र प्रीति अग्रहरी,उपाध्यक्षमा बिमला अधिकारी,अस्मिता मल्ल,बबिता जयसवाल र सरस्वती चौधरी,सहसचिवमा लक्ष्मी चौधरी र सह-कोषाध्यक्षमा अन्नु सुनार निर्वाचित हुनु भएको निर्वाचन आयुक्त रिंगला यादवले जानकारी दिनुभयो ।
महासचिव,कोषाध्यक्ष र कानुनी सल्लाहकार अध्यक्षले मनोनीत गर्ने प्रावधान छ।
रामग्राम महिला जेसीज वर्ष २०२३ कि अध्यक्ष जोगमाया चौधरीको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)को प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन गरिएको थियोे । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जिसस प्रमुख यादवले महिला जेसीजले यस क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्दै आएको भन्दै प्रशंसा गर्नुभयो । उहाँले युवा महिलाहरुक‍ो नेतृत्व र व्यक्तित्व विकासमा निरन्तर क्रियाशील रहन पनि जोड दिनुभयो ।

20231229_135614

कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सिनेटर सन्दिप अग्रहरी,रामग्राम जेसीजका अध्यक्ष बेनी माधव बस्याल,रामग्राम महिला जेसीजकि निवर्तमान अध्यक्ष अनिता दवाडी तिवारी,रामग्राम जेसीजका पूर्व अध्यक्ष राजकुमार रेश्मी,रामग्राम महिला जेसीजकि पूर्व अध्यक्ष प्रभा ज्ञवाली,रामग्राम महिला जेसीज वर्ष २०२३ का अध्यक्ष सल्लाहकार मोहन पौडेल,कार्यक्रम संयोजक बबिता जयसवाल लगायतले शुभकामना व्यक्त गर्नु भएको रामग्राम महिला जेसीज वर्ष २०२३ कि महासचिव डोल्मा चौधरीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस