२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

बर्दघाट नगरबासीलाई नि:शुल्क रगत उपलब्ध गराउन नगरपालिका र रेडक्रसबीच सम्झौता

२०८० पौष ४, बुधबार प्रकाशित ( महिना अघि) ३१५ पाठक संख्या

परासी, ४ पुस । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले नगरबासीलाई नि:शुल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपरासीसँग सम्झौता गरेको छ ।

नगरका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनाल र रेडक्रस जिल्ला शाखाका सभापति राजेन्द्रप्रसाद अग्रहरीबीच चालु आर्थिक वर्षमा नगबासीलाई नि:शुल्क रगत उपलब्ध गराउन सम्झौता भएको हो ।
बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले चालु आर्थिक वर्षका लागि नीति तथा कार्यक्रममार्फत नगरबासीलाई नि:शूल्क रगत उपलब्ध गराउने ब्यवस्था गरेको बताउनुभयो । नि:शुल्क रगत उपलब्ध गराउन रेडक्रससँग सम्झौता गरेको र अब नगरबासीले नि:शुल्क रगत प्राप्त गर्ने नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाल रेडक्रस सोसाइटी नवलपरासीले जिल्लाका सातवटै पालिकासँग सहकार्य गरि जिल्लाबासीलाई नि:शुल्क रगत उपलब्ध गराउने अभियान चलाएको रेडक्रसका जिल्ला सभापति अग्रहरीले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस