२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

राष्ट्रिय युवा संघ नेपाल नवलपरासीको अध्यक्षमा भट्टराई चयन

२०८० पौष ४, बुधबार प्रकाशित ( महिना अघि) ५०० पाठक संख्या

मोहन पौडेल
परासी, ४ पुस । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल नवलपरासीको अध्यक्षमा धनप्रसाद भट्टराई चयन हुनुभएको छ । युवा संघको आज परासीमा सम्पन्न विशेष युवा भेलाले भट्टराईको नेतृत्वमा नयाँ जिल्ला कमिटी घोषणा गरेको हो । भट्टराई यसअघि उपाध्यक्ष हुनुहुन्थ्यो।
नवगठित राष्ट्रिय युवा संघ नवलपरासीको ७५ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा विनोद पुन, सचिवमा सन्दिप अधिकारी,उपसचिवमा सन्देश गुरुङ र उमेश सहानी तथा कोषाध्यक्षमा कमल अमात्य चयन हुनुभएको राष्ट्रिय युवा संघ नेपाल नवलपरासीका निवर्तमान अध्यक्ष ज्ञानप्रसाद पाठक(सन्तोष)ले जानकारी दिनुभयो ।
भेलालाई प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै नेकपा एमालेकी केन्द्रीय सदस्य एवं संघीय सांसद सरिता भुसाल खनालले युवाहरु परिवर्तनको सम्बाहक रहेको बताउनुभयो । युवाहरु नेताहरुको पछि लागेर हिँड्ने भन्दा पनि नेताहरुको दिमागको रुपमा स्थापित हुनुपर्नेमा जोड दिनुभयो । एमालेले आफ्ना हरेक कमिटीमा ४० वर्ष भित्रका युवाहरुलाई प्रतिनिधित्व गराउने व्यवस्था गरेको बताउँदै युवाहरु पार्टी र मुलुकको नेतृत्व गर्न अघि सर्नुपर्नेमा जोड दिनुभयो ।
एमाले नेतृ खनालले वर्तमान गठबन्धनको सरकारले देशको अर्थतन्त्र धरासायी बनाएको जिकिर गर्दै कर्मचारीलाई तलब दिन पनि नसक्ने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले युवाहरुलाई उत्पादन र रोजगारीसँग जोडेर युवाहरुलाई देशमै टिकाउने वातावरण बनाउन युवा संघले सरकारलाई घच्घच्याउनुपर्नेमा जोड दिनुभयो ।
संगठनका जिल्ला अध्यक्ष ज्ञानप्रसाद पाठक सन्तोषको अध्यक्षता तथा केन्द्रीय सचिव खेमराज शर्माको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारी, राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष सुरज खरेल, केन्द्रीय सदस्य रामबहादुर भण्डारी,पूर्व जिल्ला अध्यक्ष श्याम बस्याल, एमाले प्रदेश सदस्य एकादेव पाण्डे, रिटर्नी फेडेरेसन नेपालका जिल्ला अध्यक्ष चिरञ्जिवी खनाल लगायतले सम्बोधन गर्नुभएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेश सहईन्चार्ज पृत्तम पौडेलले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस