२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

स्रोत नखुलेको सात लाख नेपाली रुपैयाँसहित परासीबाट एक युवक पक्राउ

२०८० मंसिर २८, बिहिबार प्रकाशित ( महिना अघि) ८१६ पाठक संख्या

मोहन पौडेल
परासी, २८ मंसिर । पश्चिम नवलपरासीमा स्रोत नखुलेको रकमसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय परासीबाट खटिएको प्रहरी टोलीले आज रामग्राम नगरपालिका–५ बाट स्रोत नखुलेको सात लाख ९०० रुपैँयासहित एक युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्लाको पाल्हीनन्दन गाउँपालिका–२ हरपुरका १९ वर्षीय मोहम्मद समिर धुनिया रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो । उनको साथबाट एक हजार दरका चार सय थान, पाँच सय दरका ६०० थान र एक सय थानका नौ थान गरि सात लाख नौ सय नेपाली रुपैँया बरामद गरिएको डिएसपी बोहराले बताउनुभयो ।
विशेष सूचनाको आधारमा रामग्राम–५ स्थित दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको लु ५९ प ३२३९ नम्बरको मोटरसाईकललाई जाँच गर्ने क्रममा मोटरसाईकल चालक धुनियाले प्वाईन्टको गोजी र भित्री भागमा लुकाई छिपाई राखेको अवस्थामा स्रोत नखुलेको उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेको रकम र व्यक्तिलाई आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय पठाईएको र थप अनुसन्धान समेत भईरहेको नवलपरासी प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस