२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै अखिल क्रान्तिकारीद्वारा बर्दघाट नगरपालिका घेराउ

२०८० मंसिर २७, बुधबार प्रकाशित ( महिना अघि) ४४६ पाठक संख्या

परासी,२७ मंसिर ।  मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) नवलपरासीले बुधबार बर्दघाट नगरपालिका घेराउ गरेको छ ।
’सेनेटरी प्याड खरिदमा संलग्न भ्रष्टाचारीलाई कारवाही गर’ ’शैक्षिक माफिया हरु होसियार’ जस्ता नाराबाजी गर्दै क्रान्तिकारी बिद्यार्थीहरुले नगरपालिका परिसर घेराउ गरेका हुन् ।
घेराउ पछि आयोजित कोण सभामा अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य एवं लुम्बिनी प्रदेश संयोजक नबीन खड्काले गुणस्तरहिन सेनेटरी प्याड खरिद गरेर नगरले छात्राहरु माथी अपराध गरेको बताउनुभयो ।
उहाँले शैक्षिक माफियाको इशारामा नगरपालिका चलेको भन्दै अब क्रान्तिकारी विद्यार्थीहरु चुप लागेर नबस्ने बताए । अखिल (क्रान्तिकारी)ले हाल ‘विद्यार्थी जागरण अभियान’ सञ्चालन गरिरहेको छ ।
अभियानको क्रममा बर्दघाट नगरपालिकाको पर्खालमा ‘दलाल संसदिय व्यवस्था मुुर्दावाद’ ‘ सेनेटरी प्याडमा गरिएको भष्ट्राचार मुर्दावाद’ जस्ता नाराहरु लेख्ने क्रममा सोमबार खडका सहित केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश सह–संयोजक इन्दु वलि र केन्द्रीय सदस्य तथा प्रदेश सह संयोजक मनोज थापालाई प्रहरीले गिरफ्तार गरेको थियो ।
गिरफ्तार भएका नेताहरुको रिहाई लगतै अखिल क्रान्तिकारीले प्रतिरोधस्वरुप बिरोध कार्यक्रम गरेको हो ।
अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवं नवलपरासीका संयोजक सन्देश सापकोटाले नगरपालिकालाई गुणस्तरहीन सेनेटरी प्याडको विषयमा पटक पटक जानकारी गराएको र संगठनले विभिन्न माग राखेर ध्यानाकर्षण गराउदै आएको बताउदै मागहरु सुनुवाइ नभएकोले नगर घेराउ गरिएको जानकारी दिनुभयो ।
सेनेटरी प्याड कमसल भएको बिषयमा यहाँका पत्रकारहरुले पटक पटक बिषय उठान गर्दै आएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस