२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

नवलपरासीको सीमाक्षेत्रबाट अवैद्य खशीबोका प्रहरीले लियो नियन्त्रणमा

२०८० मंसिर २५, सोमबार प्रकाशित ( महिना अघि) ३०७ पाठक संख्या

परासी, २५ मंसिर । पश्चिम नवलपरासीको सीमावर्ती क्षेत्रबाट अवैद्य रुपमा नेपाल भित्राईएका खशीबोका प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी र मातहतका कार्यालयबाट खाटिएको प्रहरी टोलीले जिल्लाको सरावल गाउँपालिका वडा नं.७ बाट अवैद्य खशी बोका नियन्त्रणमा लिएको हो ।
भारतबाट भित्र्याई सीमा क्षेत्रस्थित झाडिमा लुकाई छिपाई राखेको अवस्थामा आज २६ वटा खशीबोका नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो । नियन्त्रणमा लिएका खशीबोकाको बजार मूल्य पाँच लाख ७२ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ । बरामद गरिएका खशी बोकालाई महेशपुर भन्सारमा पठाईएको डिएसपी बोहराले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस