२०८२ जेष्ठ २७, सोमबार
24 खबर अपडेट

लैंगिक हिंसा अन्त्यको कामना गर्दै रेडक्रसद्धारा परासीमा दीप प्रज्वलन

२०८० मंसिर २४, आईतबार प्रकाशित ( साल अघि) ५१६ पाठक संख्या

परासी, २४ मंसिर । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको आज अन्तिम दिन पश्चिम नवलपरासीको सदरमुकाम परासीमा दीप प्रज्वलन गरिएको छ। नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पश्चिम नवलपरासीले लैंगिक हिंसा अन्त्यको कामना गर्दै दीप प्रज्वलन गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापति राजेन्द्र अग्रहरीले लैंगिक हिंसा न्यूनीकरणका लागि सबै मिलेर लाग्नुपर्नेमा जोड दिनुभयो । हिंसा न्यूनीकरण कुनै एक व्यक्ति वा संस्थाको प्रयासले मात्र सम्भव नभएकोले सबै पक्षले हातेमालो गरेर अघि बढ्नुपर्ने उहाँको भनाई थियो ।
हिंसा अन्त्यका लागि आफैबाट शुरु गर्नुपर्ने बताउँदै उहाँले हिंसा नगर्ने, हिंसा गर्नेलाई प्रतिवाद गर्ने र हिंसा सहेर बस्न नहुनेमा जोड दिनुभयो । हिंसा न्यूनीकरणका लागि समुदायमा व्यापक रुपमा जनचेतना समेत आवश्यक रहेको उहाँको भनाई थियो ।
कार्यक्रममा रेडक्रसका पदाधिकारी, रेडक्रसद्धारा सञ्चालित समुदाय स्तरीय बृहत स्वास्थ्य कार्यक्रमका स्वयमसेवक, विभिन्न संघ संस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका कार्यकारी सदस्य अर्जुन बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस