२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

गौतम बुद्धको भूमिमा कुनै पनि हिंसा सैह्य हुँदैन् : गृहमन्त्री पाण्डे

२०८० मंसिर २४, आईतबार प्रकाशित ( महिना अघि) ४०७ पाठक संख्या

मोहन पौडेल
परासी, २४ मंसिर । लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेले भगवान् गौतम बुद्धको भूमिमा कुनै पनि प्रकारको हिंसा सैह्य नहुने बताउनुभएको छ । महिला,पुरुष,जातजाति,धर्म वा कुनै पनि बहाना र कारणका आधारमा गरिने हिंसा सहन नसकिने उहाँले बताउनुभयो ।
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको आयोजनामा सञ्चालित लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको आज समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री पाण्डेले सकरात्मक विचारबाट मात्र समाज परिवर्तन हुने बताउँदै कुरामा सीमित नगरी व्यवहारमै हिंसा अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।
मन्त्री पाण्डेले पाल्हीनन्दन गाउँपालिकाको माग अनुसार उजैनीदेखि चिमनटोलसम्मको सडक स्तरोन्नतीका लागि प्रदेश सरकारबाट बजेट विनियोजन गरेको जानकारी दिनुभयो । प्रदेश सरकारले स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणका लागि विशेष कार्यक्रम सञ्चालन गर्न लागेको र उक्त कार्यक्रम पाल्हीनन्दनमा पनि सञ्चालन हुने मन्त्री पाण्डेले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो । गाउँपालिकाले युनाईटेड मिसन टु नेपाल, सुनवल सामुदायिक विकास केन्द्र, ईन्द्रेणी सामाजिक विकास मञ्च, पालिका स्तरीय बहुसरोकारवालाको फोरम लगायत स्थानीय संघ संस्थाको साझेदारीमा विभिन्न रचनात्मक कार्यक्रम गरि १६ दिने अभियान सम्पन्न गरेको गाउँपालिका उपाध्यक्ष फातिमा खातुन अन्सारीले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस