२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

प्रधानमन्त्री प्रचण्ड रामग्राम स्तूप आउने भएपछि स्तूप क्षेत्र झकिझकाउ बनाईँदै

२०८० मंसिर २४, आईतबार प्रकाशित ( महिना अघि) ४६२ पाठक संख्या

मोहन पौडेल
परासी, २४ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पश्चिम नवलपरासीको रामग्राम स्तूप आउनुहुने भएको छ । विश्व शान्तिको कामना गर्दै दीपप्रज्वलन गर्न र रामग्राम स्तूप क्षेत्रको पुनःस्थापना, संरक्षण र विकासका लागि दुरदर्शी परियोजनाको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड नवलपरासीस्थित भगवान् गौतम बुद्धको अस्थिधातु रहेको स्थल रामग्राम आउन लाग्नुभएको हो ।
प्रधानमन्त्री प्रचण्डको विशेष उपस्थितिमा मंसिर २६ गते रामग्राम स्तूप परिसरमै विशेष समारोहको आयोजना गरिएको रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले जानकारी दिनुभयो । नेपाल सरकार र लुम्बिनी विकास कोषको नेतृत्व एवं रामग्राम नगरपालिका र द प्रोमिस ल्याण्डको सहकार्यमा रामग्राम स्तुपमा भव्य समारोह आयोजना हुन लागेको हो ।
प्रधानमन्त्री सहित विभिन्न देशका उच्च पदस्थ प्रतिनिधिहरु समेत आउने भएपछि रामग्राम स्तूप क्षेत्रलाई झकिझकाउ बनाईएको छ । प्रधानमन्त्री सहितका पाहुनाहरुलाई भव्य स्वागतका लागि प्रवेशद्धार निर्माणसहित स्तूप क्षेत्रको सरसफाइ, सजावत,मञ्च व्यवस्थापन लगायतका कार्यहरु तीव्र रुपमा भईरहेको द प्रोमिस ल्याण्डका अध्यक्ष नितेश अधिकारीले बताउनुभयो ।
कार्यक्रममा व्यापक सहभागिता जनाई रामग्राम स्तूपको विकास र प्रवद्र्धनमा ऐक्यबद्धता जनाउन सबै नगरवासीलाई आग्रह गरिएको रामग्राम नगरपालिकाकी उपमेयर सम्झना चौधरीले बताउनुभयो । मंसिर २५ गते बेलुका नै प्रधानमन्त्री आएर दीपप्रज्वलनको शुभारम्भ गर्ने र २६ गते विशेष समारोहको आयोजना हुने लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले जानकारी दिनुभयो ।
समारोहमा विभिन्न देशका बौद्ध भिक्षुहरुबाट प्रार्थना हुनेछ । रामग्राम क्षेत्रको विकासका लागि विदेशी मुलुकबाट सहयोग भित्राउन यो कार्यक्रमले ेटेवा पुग्ने कोषका कोषाध्यक्ष भट्टराईले बताउनुभयो । समारोहमा प्रधानमन्त्री प्रचण्डले रामग्रामको गुरुयोजनाको उद्घाटन गर्नुहुनेछ । उहाँले भन्नुभयो,द प्रोमिस ल्याण्ड संस्थासँग लुम्बिनी विकास कोषले एमओयू गरेको छ, उक्त संस्थाले रामग्रामको गुरुयोजनाको खाका सार्वजनिक गर्छ,विश्वकै तेस्रो वरियताका ईटालियन डिजाईनरले बनाएको उक्त गुरुयोजनालाई हामीले थप परिमार्जन गरि अघि बढाउँछौँ ।

Stupa

 

2

 

4

 

3

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस