२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

बर्दघाट जेसीज–२०२४ को अध्यक्षमा चापागाई निर्वाचित

२०८० मंसिर २३, शनिबार प्रकाशित ( महिना अघि) ४६४ पाठक संख्या

परासी, २३ मंसिर । पश्चिम नवलपरासीको बर्दघाट नगर क्षेत्रमा क्रियाशील बर्दघाट जेसीजको अध्यक्षमा युवराज चापागाई निर्वाचित हुनुभएको छ । युवाहरुको नेतृत्व र व्यत्तित्व विकासमा समर्पित बर्दघाट जेसीजको आज सम्पन्न पाँचौ साधारणसभा एवं चौथो अधिवेशनले वर्ष २०२४को लागि चापागाईलाई सर्वसम्मत अध्यक्ष निर्वाचित गरेको हो ।
चापागाई वर्ष २०२३ को महासचिव हुनुहुन्छ । यस्तै नयाँ कार्यसमितिको कार्यकारिणी उपाध्यक्षमा नारायण भण्डारी र रविन शर्मा चापागाई, उपाध्यक्षहरुमा महेन्द्र गौतम, विशाल गिरी, गणेश भट्टराई, भुपाल शर्मा पौडेल निर्वाचित हुनुभएको बर्दघाट जेसीज वर्ष २०२३ का अध्यक्ष गणेश पाण्डे सिसमले जानकारी दिनुभयो ।
यस्तै जेसीजको विधान अनुसार नवनिर्वाचित अध्यक्ष चापागाईले आजै महासचिवमा नारायण पाण्डे रिम, कानूनी सल्लाहकारमा मोहन सापकोटा र कोषाध्यक्षमा केदार चौधरी, मिडिया कोर्डिनेटरमा विष्णु खनाल, प्रकरण निर्देशकमा खुमाकान्त न्यौपानेलाई मनोनीत गर्नुभएको छ । जेसीजमा एक पद एक वर्षको मात्र कार्यकाल रहने गर्दछ । यसअघि साधारणसभा तथा अधिवेशनको बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठले उद्घाटन गर्नुभएको बर्दघाट जेसीजले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस