२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

लुम्बिनी सुनवल साकोस २५ औँ वर्षमा प्रवेश : लोगोसहित रजत जयन्ती वर्षका कार्यक्रम सार्वजनिक

२०८० मंसिर २०, बुधबार प्रकाशित ( महिना अघि) ५४७ पाठक संख्या

मोहन पौडेल
परासी, २० मंसिर । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१२ केन्द्रीय कार्यालय रहेको जिल्लाकै दोस्रो ठूलो सहकारी, लुम्बिनी सुनवल बचत तथा ऋण सहकारी संस्था लिमिटेड २५ वर्षमा प्रवेश गरेको छ । २५ वर्ष प्रवेशको अवसरमा वर्षभरि विभिन्न रचनात्मक कार्यक्रम गरि मनाउनका लागि संस्थाले लोगोसहित रजत जयन्तीका कार्यक्रम सार्वजनिक गरेको छ ।
रजत जयन्तीलाई वर्षभरि उत्सवको रुपमा मनाउन विभिन्न १५ वटा रचनात्मक कार्यक्रम गरिने संस्थाका अध्यक्ष लेखनाथ खरेलले जानकारी दिनुभयो । लुम्बिनी सुनवल साकोसको २५ औँ स्थापना दिवसको अवसरमा आज भूमहीमा आयोजित कार्यक्रममा अध्यक्ष खरेलले उक्त कार्यक्रमहरु सार्वजनिक गर्नु भएको हो । सोही कार्यक्रममा सहकारीको रजत जयन्ती अंकित लोगो पनि सार्वजनिक गरिएको छ ।
आगामी वर्षको मंसिर २० गते समापन हुने गरि रजत जयन्ती मनाउन संस्थाका अध्यक्ष खरेलको संयोजकत्वमा ५१ सदस्यीय मूल समारोह समिति समेत आजै घोषणा गरिएको छ । संस्थाको प्रधान कार्यालय र मूख्य सेवा कार्यालय रहेका क्षेत्रहरुलाई मध्यनजर गरि वार्षिक रुपमा रजत जयन्ती अन्तरगत दुई ठाउँमा बाजागाजासहित जनचेतनामूलक प्रभातफेरि, सरसफाइ कार्यक्रम,बाल बचतकर्ता लक्षित सहकारी सम्बन्धी वक्तृत्वकला वा हाजिरीजवाफ प्रतियोगिता,निबन्ध प्रतियोगिता,रक्तदान कार्यक्रम,नृत्य प्रतियोगिता,महिला र ज्येष्ठ नागरिक लक्षित स्वास्थ्य शिविर, यूवा लक्षित फुटसल कार्यक्रम, बाबा बर्दथोरिया र कृष्णधाम गरि दुई ठाउँमा सहकारीको स्मारक निर्माण गरिने अध्यक्ष खरेलले बताउनुभयो ।
यस्तै संस्थाको सबै कार्यालयमा लोगोको स्तम्भ बनाउने,लोगो अंकित टि–सर्ट बनाउने,सदस्यहरुको घरघरमा सहकारीको स्टीकर टाँस्ने,रजत जयन्ती वर्षभरि सदस्य बन्न चाहनेलाई विशेष छुट दिने,स्मारिक प्रकाशन लगायतका कार्यक्रम पनि घोषणा गरिएको छ । २४ वर्ष अघि २०५६ साल मंसिर २० गते यो सहकारी संस्था स्थापना भएको थियो ।
२०५६ मंसिर २० गते तत्कालिन रामनगर गाविसको भूमही क्षेत्रमा स्थापना भएको तत्कालिन लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड र २०५६ सालकै पुस २१ गते तत्कालिन सुनवल गाविस क्षेत्रमा स्थापना भएको सुनवल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबीच एकिकरण भई २०७६ माघ २८ गतेदेखि लुम्बिनी सुनवल साकोसको नामबाट यो सहकारी सञ्चालनमा छ । तत्कालिन लुम्बिनी साकोस र हातेमालो बहुउद्देश्य सहकारी संस्था घिउडल्लाबीच पनि २०७३ मा एकिकरण भएको थियो ।
संस्था स्थापनाकालमा रु एक सय शेयर, दुई सय प्रवेश शुल्क र न्यूनतम एक हजार रुपैँया बचतबाट शुरु भएको यो सहकारीमा हाल आठ हजार २०० शेयर सदस्य छन् भने सहकारीको वार्षिक कारोबार एक अर्ब चार करोड बढी रहेको संस्थाले जनाएको छ ।१५६४ बाल बचतकर्ता रहेको यो सहकारीको हाल शेयर पुँजी ११ करोड ३०लाख ३९ हजार रुपैँया,बचत ८० करोड ७४ ला, ऋण लगानी ७६ करोड ८८ लाख रुपैँया रहेको छ । पुँजी र शेयर सदस्य दुवैको आधारमा यो जिल्लाकै दोस्रो ठूलो सहकारी बनेको छ । संस्थाले हाल केन्द्रीय कार्यालय भूमही, हातेमालो सेवा केन्द्र सुनवल १३,मूख्य सेवा केन्द्र सुनवल ४ र अस्नैया सेवा केन्द्र सुनवल ७ मा स्थापना गरि सदस्यलाई सेवा प्रदान गर्दै आएको छ ।
सहकारीले आज आफ्नो स्थापना दिवस समारोहको अवसरमा विभिन्न विधामा शेयर सदस्य तथा शेयर सदस्यका परिवारलाई सम्मान पनि गरेको छ । शैक्षिक क्षेत्रमा उत्कृष्टा हासिल गर्न सफल शेयर सदस्यका छोराछोरी मध्येबाट एसईईमा उत्कृष्ट अंक ल्याएका २२ जना, प्लस टु तर्फ २५ जना,स्नातक र स्नातकोत्तर तर्फ १९ जनालाई सम्मान गरिएको संस्थाका व्यवस्थापक बद्री पौडेलले जानकारी दिनुभयो ।
यसैगरी ज्येष्ठ शेयर सदस्य २० जना, ज्येष्ठ नागरिक ७ जना, कला स्मृत्ति अक्षय कोषबाट दुई जना, अमन सुनार अक्षय कोषबाट पाँच जना, उत्कृष्ट बालबचतकर्ता दुई जना, उत्कृष्ट बचतकर्ता दुई जना, उत्कृष्ट ऋणि दुई जना, उत्कृष्ट सिस्टर सोसाईटी दुई, उत्कृष्ट सञ्चालक एक, उत्कृष्ट कर्मचारी एक र संस्थाका प्राविधिक एक जनालाई सम्मान गरिएको व्यवस्थापक पौडेलले बताउनुभयो ।
संस्थाका अध्यक्ष खरेलको अध्यक्षता तथा जिल्ला सहकारी संघका अध्यक्ष विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा जिल्ला सहकारी संघका सचिव चण्डीप्रसाद पाण्डे, संस्थाका पूर्व अध्यक्ष डिल्लीराज पाण्डे, जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव रमेश कर्माचार्य, कृषक जनशक्ति सहकारीका अध्यक्ष नारायण तिवारी, शेयर सदस्य प्रभु गौतम लगायतले शुभकामना व्यक्त गर्नुभएको संस्थाकी सचिव तारा आचार्यले बताउनुभयो ।

Lu2

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस