२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

रामग्राम साकोसको २१ औँ वार्षिक साधारणसभा तथा छैठौँ अधिवेशन सम्पन्न, अध्यक्षमा शर्मा

२०८० मंसिर १७, आईतबार प्रकाशित ( महिना अघि) २९९ पाठक संख्या

परासी, १७ मंसिर । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–३ स्थित रामग्राम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औँ वार्षिक साधारणसभा तथा छैठौँ अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न सभाले सस्थाको वार्षिक, आर्थिक तथा लेखा प्रतिवेदन पारित गर्नुका साथै आगामी नेतृत्व समेत चयन गरेको छ ।
साधारणसभाको उद्घाटन शत्रलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले सहकारीले उत्पादनमूलक क्षेत्रको लगानीलाई प्राथमिकता र बढाउँदै जानुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय देशका विभिन्न क्षेत्रमा सहकारीमा समस्या देखिएकोले रामग्राम नगरपालिका भित्र पनि सहकारीमा कुनै समस्या नहोस भनेर नियमन र अनुगमनको कार्यलाई अघि बढाईएको उहाँले बताउनुभयो ।
संस्थाका अध्यक्ष जनार्दन ठाकुरको अध्यक्षतामा भएको उक्त सभामा संस्थापक अध्यक्ष सुमनगोपाल आचार्य, पूर्व अध्यक्षहरु मेघराज गौतम, राजकुमार रेश्मी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । सभामा संस्थाका सचिव मोहन पौडेलद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन तथा आगामी कार्ययोजना, कोषाध्यक्ष चन्द्रमणि चौधरीद्धारा प्रस्तुत आर्थिक् प्रतिवेदन र लेखा समितिका कार्यबाहक संयोजक अमरदीप गुप्ताद्धारा प्रस्तुत लेखा प्रतिवेदन छलफलसहित पारित भएको छ ।
सोही अवसरमा उत्कृष्ट बचतकर्ताको रुपमा शेयर सदस्य ममता गाहा मगर र असल ऋणीको रुपमा शेयर सदस्य सन्दिप अग्रहरीलाई सम्मान गरिएको थियो भने उत्कृष्ट बाल बचतकर्ताहरु मध्येबाट समृद्धि गौतम, सुप्रिम ढकाल र सृष्टि गौतमलाई नगद पुरस्कार प्रदान गरिएको थियो । २०५९ सालमा स्थापना भएको रामग्राम साकोसमा हाल २७६ जना शेयर सदस्य रहेका छन् । संस्थाले गत आ.व.२०७९।०८० मा रु दुई करोड ३० लाख बराबरको आर्थिक कारोबार गरि रु ६ लाख ७७ हजार रुपैँया शुद्ध मुनाफा आर्जन गरेको छ ।
यसैबीच संस्थाको शनिबार नै सम्पन्न निर्वाचन कार्यक्रमबाट आगामी चार वर्षे कार्यकालको लागि नयाँ नेतृत्व समेत चयन गरिएको छ। अनिल कुमार शर्माको अध्यक्षतामा सर्वसम्मत निर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा चन्द्रमणि चौधरी, सचिवमा मुक्तिप्रसाद पौडेल, कोषाध्यक्ष सूर्यनाथ पेटल, सदस्यमा सन्दिप अग्रहरी, विनिता खड्का, विष्णुमाया राना चयन हुनुभएको छ भने लेखा समिति संयोजकमा अमरदीप गुप्ता र सदस्यमा विष्णु हरिजन, वीरेन्द्र कुमार यादव रहनुभएको निर्वाचन समिति संयोजक राजकुमार रेश्मीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस