२०८२ फागुन १३, बुधबार
24 खबर अपडेट

बर्दघाटमा वडाबाटै योजना सम्झौता सुरु

२०८० मंसिर ७, बिहिबार प्रकाशित ( साल अघि) ४४४ पाठक संख्या

परासी, ७ मंसिर । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा वडाबाटै योजना सम्झौता गर्ने कार्य सुरु भएको छ । बर्दघाट नगरपालिकाले बिहीवार वडा नम्बर १ बाट योजना सम्झौता सुरुवात गरेको हो ।अ
नगरबासीको सहजतालाई मध्यनजर गर्दै वडा बाटै योजना सम्झौता गर्ने कार्य प्रारम्भ गरिएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताउनुभयो ।
“नागरिकले घर आँगनबाटै सेवा पाउनु नै संंघीयताको मूल मर्म पनि हो,यसले नागरिकलाई सेवाप्रतिको बिश्वास पनि बढाउँछ, सबै कर्मचारीहरुले सहजीकरण गर्नु हुनेछ“नगरप्रमुख श्रेष्ठले भन्नुभयो। वडा बाटै सम्झौता हुने भएपछि स्थानीय समेत खुसी देखिएका छन ।
“सँधै नगरपालिकाको कार्यालय धाउनु भन्दा वडा बाटै काम हुदा समयको पनि बचत हुने र उपभोक्तालाई थप जिम्मेवारी महसुस पनि हुन्छ“स्थानीय पिताम्बर चौधरीले बताउनुभयो ।
प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनालले सेवाग्राहीको चाप र आवस्यकतालाई हेरी सबै वडाहरुमा यो अभियान सञ्चालन हुने बताउँदै समयमै योजना सम्पन्न गर्नु पर्ने बताउनुभयो । कतिपय अवस्थामा वडामै जाँदा स्थलगत अनुगमन पनि गर्न सहज हुने हुँदा कामको प्रकृति हेरेर योजनाको सम्झौता गर्द सहज हुने खनालले बताउनुभयो । उपभोक्ता समितिलाई थप जुझारु बनाई समयमै योजना सम्पन्न गर्न लागि पर्ने नगरले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस