२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

स्थानीय उत्पादनको प्रवद्र्धन गर्न मंसिर २१ देखि तेस्रो सुनवल महोत्सव हुने

२०८० मंसिर १, शुक्रबार प्रकाशित (0 महिना अघि) ४३७ पाठक संख्या

मोहन पौडेल
परासी, १ मंसिर । पश्चिम नवलपरासीको सुनवलमा तेस्रो सुनवल महोत्सव आगामी मंसिर २१ देखि सञ्चालन हुने भएको छ । उद्योग वाणिज्य संघ सुनवलको आयोजनामा हुने मेला सुनवलको सोमनाथ हाट बजार परिसरमा पौष ४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
मेला आयोजक उद्योग वाणिज्य संघले शुक्रबार पत्रकार सम्मेलन गरि मेलाको तयारी शुरु गरिएको जानकारी गराएको हो । स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिईएको महोत्सवमा करिब २०० स्टल रहने र दश करोडको आर्थिक कारोबार हुने अपेक्षा गरिएको उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्यले जानकारी दिनुभयो ।
मेलाको एक लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । मेलामा घरेलु, साना, मझौला तथा ठूला उद्योगका उत्पादन, विदेश तथा पहाडी कृषिजन्य,लघु उद्यमी,कुटिर उद्योगका उत्पादनका स्टल रहने अध्यक्ष कर्माचार्यले बताउनुभयो । मेलामा जिल्लामा उत्पादीत लघु उद्यमका सामग्रीका स्टल निःशुल्क उपलब्ध गराईने संघले जनाएको छ । प्रदर्शनी कक्षमा अलगअलग परिसर बनाई अटोमोबाईल्स, बैंक तथा वितीय संस्था, मोबाईल, ईलेक्ट्रोनिक्स तथा आईटी, निर्माण सामग्री,अन्र्तराष्ट्रिय कृषि तथा जडिबुटी,पर्यटन, दैनिक उपभोग्य, हस्तकला तथा तयारी पोशाक, जुत्ता चप्पल लगायतका वस्तुहरु प्रदर्शनीमा राखिने संघका अध्यक्ष कर्माचार्यले बताउनुभयो ।
मेलालाई थप आकर्षक बनाउन र स्थनीय धार्मिक तथा पर्यटकीय स्थलको प्रवद्र्धन गर्न मेलाको मूल गेट महलपोखरीमा रहेको गजदम्बा देवीको मन्दिरको मौलौसहितको आकृतिमा निर्माण गरिनेछ भने सुनवलका प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरु बाबा बर्दगोरिया, कृष्णधाम, देवदह ताल तरगौली,बुद्धविहार वनकट्टीलाई विशेष प्रवद्र्धन गरिने आयोजकले जनाएको छ । राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, बाल उद्यान, भलिवलसहित विद्यालय स्तरको खाना महोत्सव, जातीय खानपानका स्टल, सेल्फी जोन, फ्रि वाईफाइ मेलाको विशेष आकर्षण रहेका छन् ।
स्थानीय उत्पादनको प्रवद्र्धन गर्नु सुनवल महोत्सवको प्रमुख उद्देश्य रहेको उद्योग वाणिज्य संघ सुनवलका वरिष्ठ उपाध्यक्ष लेखनाथ खरेलले बताउनुभयो । महोत्सवले उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गरि औद्योगिक तथा व्यापारिक चहलपहल बढाई आर्थिक क्षेत्र लाभान्वित हुने अपेक्षा गरिएको वरिष्ठ उपाध्यक्ष खरेलले बताउनुभयो । मेला अवलोकनका लागि टिकट दर रु १०० निर्धारण गरिएको छ। विद्यार्थीका लागि रु ७० तोकिएको छ भने संस्थागत रुपमा सामूहिक मेला अवलोकन गर्न आउने समूहका लागि पचास प्रतिशत छुट गरिने खरेलले जानकारी दिनुभयो ।
मेलामा अशक्त एवं ६८ वर्ष माथीका ज्येष्ठ नागरिकलाई शतप्रतिशत छुटको व्यवस्था गरिएको छ । यस वर्ष नवलपरासी जिल्लामै तेस्रो सुनवल महोत्सव पहिलो मेलाको रुपमा रहेकोले दर्शकको उत्साहजनक उपस्थिति रहने अपेक्षा गरिएको संघका सचिव तुल्सीराम तिवारीले बताउनुभयो ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस