२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

नेपाली कांग्रेसको सहकारी विभाग प्रमुखमा कँडेल नियुक्त

२०८० मंसिर १, शुक्रबार प्रकाशित (0 महिना अघि) ३८७ पाठक संख्या

परासी, १ मंसिर । नेपाली कांग्रेसले केन्द्रीय सहकारी विभागको जिम्मेवारी नेता देवेन्द्रराज कडेँललाई दिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार सहकारी विभाग प्रमुखमा कँडेललाई मनोनीत गरी जिम्मेवारी दिनुभएको हो ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीको विधानको धारा ३७ को उपधारा १ अनुसार सभापति देउवाले सहकारी विभाग प्रमुखमा कँडेललाई मनोनीत गर्नुभएको हो ।

कांग्रेस विधानमा महाधिवेशन भएको ६ महिनाभित्र विभागहरु गठन गरि सक्नुपर्ने व्यवस्था भए पनि सभापति देउवाले ढिलो गरी जिम्मेवारी तोक्नुभएको हो । पश्चिम नवलपरासीका कडेँल कांग्रेस केन्द्रिय सदस्य एवं पूर्वगृहराज्यमन्त्री हुनुहुन्छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस