२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता सुनवलमा सम्पन्न, यी हुन् उत्कृष्ट हुन सफल विद्यालयहरु

२०८० कार्तिक २३, बिहिबार प्रकाशित (0 महिना अघि) ९१८ पाठक संख्या

परासी, २३ कात्तिक । निजी तथा आवासीय विद्यालयहरुको छाता संगठन (प्याब्सन) पश्चिम नवलपरासीले जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता सञ्चालन गरेको छ । सुनवलस्थित रिवर्न होटलमा आज सम्पन्न भएको दोस्रो जिल्ला स्तरीय लोक नृत्य प्रतियोगितामा प्याब्सनमा आवद्ध २३ वटा बिद्याालयले भाग लिएका थिए ।
प्रतियोगितामा सुनवल युनाईटेड एकेडेमी प्रथम भएको छ भने बर्दघाटको न्यू लाईफ सेकेण्डरी स्कूलले द्धितीय स्थान हासिल गरेको छ । उक्त प्रतियोगितामा द पाइनियर सेकेण्डरी स्कुल सुनवल तृतीय र होली एञ्जेल्स सेकेण्डरी स्कुल बर्दघाट सान्त्वना भएको प्याब्सनका जिल्ला सहसचिव यज्ञप्रसाद न्यौपानेले बताउनुभयो । उत्कृष्ट टिमलाई पुरस्कार वितरण गरिएको थियो ।
प्याब्सन नवलपरासीका अध्यक्ष गुरुदत्त पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय ईकाई नवलपरासीका प्रमुख पूर्णबहादुर विश्वकर्माले पढाइसँगै विद्यार्थीमा भएको प्रतिभा प्रस्फुटन गर्न प्याब्सनले महत्वपुर्ण काम गरेको बताउनुभयो । उहाँले नृत्य प्रतियोगितामा प्रथम द्धितीय र तृतीय हुने स्कुललाई बधाई तथा सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
प्याब्सन केन्द्रीय समितिको आह्वान र विद्यार्थीमा रहेको प्रतिभा उजागर गर्ने उद्देश्यले प्याब्सनले उक्त प्रतियोगिता आयोजना गरेको जिल्ला अध्यक्ष पौडेलले बताउनुभयो । प्रतियोगितामा प्रथम र द्धितीय स्थान हासिल गर्न सफल विद्यालयले अव प्रदेश स्तरीय प्रतियोगितामा भाग लिन पाउनेछन् । प्रदेशको पनि सम्पन्न भएपछि प्याब्सनले राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गर्ने बताईएको छ ।
उक्त अवसरमा प्याब्सनका केन्द्रीय सचिव सुवर्ण न्यौपाने, जिल्ला प्याब्सनका प्रमुख सल्लाहकार ईन्द्र गुरुङ्ग, सुनवल उद्योग वाणिज्य संघका अध्यक्ष रमेश कर्माचार्य,जिल्ला प्याब्सनका वरिष्ठ उपाध्यक्ष डम्बर गुरुङ्ग लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

1

 

2

 

3

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%१%१%१%

प्रतिक्रिया दिनुहोस