२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

जाजरकोट भूकम्प पीडितलाई दुई लाख ५१ हजार सहयोग गर्ने रामग्राम नगरपालिकाको निर्णय

२०८० कार्तिक २३, बिहिबार प्रकाशित (0 महिना अघि) ४६४ पाठक संख्या

परासी, २३ कात्तिक । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले जाजरकोट भुकम्पबाट प्रभावित नागरिकहरुलाई दुई लाख एकाउन्न हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको बुधबार सम्पन्न बैठकबाट भुकम्प पीडितलाई उक्त रकम सहयोग गर्ने निर्णय गरिएको रामग्राम नगर प्रमुख धनपत यादवले जानकारी दिनुभयो ।
विनाशकारी भुकम्पबाट प्रभावितको राहत, उद्धार र पुनःस्थापनामा सहयोग गर्न नेपाल सरकारको खातामा पठाउने गरि नगरपालिकाको तर्फबाट राहत रकम पठाउन लागिएको उहाँले बताउनुभयो । नगरपालिकाले गत कार्तिक १७ गते राति ११ः४७ मा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भई गएको ६.४ म्याग्निच्युटको भुकम्पमा परी ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ ।
शोकमा रहेका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै नगर प्रमुख यादवले उक्त भुकम्पमा परी घाईते भएका व्यक्तिहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभयो ।

भुकम्पबाट प्रभावित नागरिकहरुलाई प्रभावकारी रुपमा राहतको व्यवस्थापन गर्न नेपाल सरकारको ध्यानाकर्षण समेत गराईएको नगर उपप्रमुख सम्झना चौधरीले बताउनुभयो । उपमेयर चौधरीले  यो समयमा आआफ्नो स्थानबाट पीडितलाई सक्दो सहयोग गर्न पनि आह्वान गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस