२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएपछि पाण्डेयले भनेः लोकतन्त्र पक्षधरको जित भयो

२०७८ जेष्ठ १७, सोमबार प्रकाशित ( साल अघि) ६५५ पाठक संख्या

नवलपरासी,१७ जेठ ।  लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित दृगनारायण पाण्डेयले आफ्नो जित लोकतन्त्र पक्षधरको जित भएको बताएका छन्

निर्वाचनको परिणामपछि घोराहीमा पत्रकारहरुसँग कुरा गर्दै उनले आफ्नो जित लोकतन्त्र पक्षधरहरुको जित भएको बताए।

आफ्नो जितले तलदेखि माथिसम्म एकता के हो भन्ने स्पष्ट देखाइदिएको प्रतिक्रिया दिए। उनले सरकारलाई आफूहरुको एकतालाई कम नआक्न र अहिलेको अवस्था बुझेर काम गर्न आग्रह गरेका छन्।

सदनमा अब आफूले संघीयता गणतन्त्रका विषयलाई जोडतोडका साथ उठाउने प्रतिवद्धता जनाए।

मतपरिणाम घोषणासँगै मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले नवनिर्वाचित सदस्य पाण्डेयलाई प्रमाणपत्र प्रदान गरेका छन्।

राष्टियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा आज भएको चुनावमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार दृगनारायण पाण्डेय विजयी भएका हुन्। उनले ४ हजार १ सय ४० मत ल्याइ विजयी भए।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका चन्द्रबहादुर खड्काले ३ हजार ६ सय १२ मत ल्याए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस