२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

भुकम्प पीडितलाई राहत सामग्री लिएर प्रभावित क्षेत्र रुकुम पश्चिम हिँडे पाल्हीनन्दन गाउँपालिका अध्यक्ष गुप्ता

२०८० कार्तिक २३, बिहिबार प्रकाशित (0 महिना अघि) २८० पाठक संख्या

मोहन पौडेल
परासी, २३ कात्तिक । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक) राहत सामग्रीसहित भुकम्प प्रभावित क्षेत्र रुकुम पश्चिम प्रस्थान गर्नुभएको छ । जाजरकोट भुकम्पबाट प्रभावित नागरिकलाई गाउँपालिकाको तर्फबाट राहत सामग्री लिएर अध्यक्ष गुप्ता आज रुकुम पश्चिमतर्फ लाग्नुभएको हो ।
गाउँकार्यपालिकाको निर्णय बमोजिम तीन लाख बराबरको राहत सामग्रीसहित आफू भुकम्प प्रभावित क्षेत्रमा हिँडेको गाउँपालिका अध्यक्ष गुप्ताले दैनिक ट्वान्टीफोर खबरलाई बताउनुभयो । “देश विदेशबाट राहत सामग्री प्रभावित क्षेत्रमा राहत पठाईएको छ, तर अझै कतिपय पीडितहरुले राहत नपाएको गुनासो पनि आईरहेकाबेला प्रत्यक्ष पीडितलाई नै भेटेर राहत सामग्री वितरण गर्न म प्रभावित क्षेत्रमै जान लागेको हुँ”, अध्यक्ष गुप्ताले भन्नुभयो ।
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमसँग समन्वय गरि प्रभावितलाई राहत वितरण गरिने उहाँले बताउनुभयो । गाउँपालिकाले दश क्विन्टल चामल,पाँच क्विन्टल चिउरा, पचास थान कम्बल,पचास थान त्रिपाल,४०० थान साबुन,सय थान सरफ र दश कार्टुन सेनेटरी प्याड गरि रु तीन लाख बराबरको राहत सामग्री गाउँपालिका अध्यक्ष गुप्ताको नेतृत्वमा विपद व्यवस्थापन शाखा प्रमुख प्रदीप तिवारी सहितको टोलीलाई भुकम्प प्रभावित क्षेत्रमा पठाईएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले जानकारी दिनुभयो ।

D2

 

गत कात्तिक १७ गते कर्णाली प्रदेशको जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको विनाशकारी भुकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरि १५३ जनाको मृत्यु भएको थियो भने सयौँ घाईते भएका छन्। भुकम्पपछि सरकारले पीडितहरुको तत्काल उद्धार गरेपनि राहत वितरण, अस्थायी बासस्थान निर्माणमा भईरहेको ढिलाईले पीडितहरु समस्यामा छन् ।

D3

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस