२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

उखुको न्यूनतम समर्थन मूल्य रु ६५१ निर्धारण गर्न उखु उत्पादक महासंघ लुम्बिनी प्रदेशको माग

२०८० कार्तिक २२, बुधबार प्रकाशित (0 महिना अघि) ६१५ पाठक संख्या

मोहन पौडेल
परासी, २२ कात्तिक । उखु किसानहरुले यस वर्षका लागि उखुको समर्थन मूल्य प्रतिक्विन्टल ६५१ रुपैयाँ कायम गर्न माग गरेका छन् । नेपाल उखु उत्पादक महासंघ लुम्बिनी प्रदेश कार्यालय पश्चिम नवलपरासीले आज एक विज्ञप्ति जारी गरी किसानको उत्पादन लागत तथा चिनीको वर्तमान बजार मूल्यलाई मध्यनजर गर्दै न्यूनतम रु ६५१ प्रति क्विन्टलका दरले मूल्य निर्धारण गर्न सरकारसँग माग गरेको हो ।
प्रमुख नगदे बालीको रुपमा रहेको उखुको क्रसिङ समय शुरु हुनै लाग्दा पनि सरकारले मूल्य निर्धारण गर्दा किसान अन्यौलमा परेको बताउँदै महासंघका प्रदेश संयोजक उमेशचन्द्र यादवले मंसिरको पहिलो हप्ता भित्रै मूल्य निर्धारण हुनुपर्ने बताउनुभयो । चिनी उद्योगले मंसिर महिनादेखि उखुको क्रसिङ शुरु गर्छन् । उखुको उचित मूल्य र समयमै चिनी उद्योगबाट भुक्तानी नपाउँदा किसानमा मारमा परेको संयोजकले यादवले बताउनुभयो ।
समयमै भुक्तानी नपाउँदा किसानले उखुखेती छाड्दै गएका छन् । चिनी मिल र सरकारले दिनुपर्ने अनुदान रकमसमेत समयमा नपाउँदा किसानमा नैराश्यता छाएको उहाँको भनाई छ । उहाँले भन्नुभयो, “वर्तमान परिवेशका सन्दर्भमा ०७९०÷८० को क्रसिङ सिजनमा नेपाल सरकारले समयानुकूल समर्थन मूल्य निर्धारण नगर्दा मारमा परेका किसान ०८०÷८१ को क्रसिङ समय शुरु हुनै लाग्दा पनि हाल सम्म चिनी मिलले दिनुपर्ने रु २० प्रति क्विन्टल र नेपाल सरकारले रु ७० प्रति क्विन्टल अनुदान रकम अहिलेसम्म प्राप्त गर्न नसक्नुले उत्पादनमा कमी समग्र राष्ट्रिय स्तरमा नै चिनीको उत्पादनमा ह्रास आएको छ ।”
किसानले पाउनुपर्ने अनुदान रकम अविलम्ब उपलब्ध गराउन महासंघले सरकारसँग जोडदार माग गरेको छ । किसानका माग समयमै सम्बोधन नभए सडक संघर्षमा जान बाध्य हुने उखु उत्पादक महासंघले चेतावनी दिएको छ । सरकारले २०७२ सालमा उखु बालीलाई राष्ट्रिय बालीको रुपमा सूचिकृत थियो ।

U2

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस