२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

भुकम्प पीडितलाई दुई लाख राहत रकम प्रदान गर्ने सरावल गाउँपालिकाको निर्णय

२०८० कार्तिक २०, सोमबार प्रकाशित (0 महिना अघि) ४४५ पाठक संख्या

परासी,२० कात्तिक । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितलाई राहत रकम प्रदान गर्ने निर्णय गरेको छ । आज बसेको गाउँ कार्यपालिका बैठकले जाजरकोट भुकम्प पीडितलाई गाउँपालिकाको तर्फबाट दुई लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले जानकारी दिनुभयो ।

कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भुकम्पका पीडितहरूको उद्धार, राहत र पुनर्स्थापनाका लागि दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको अध्यक्ष चौधरीले बताउनुभयो ।
गाउँपालिकाले भूकम्पमा परी मृत्यु भएकाहरू प्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

गाउँपालिकाको तर्फबाट उक्त रकम नेपाल सरकारको सरकारी विपत् कोष मार्फत पीडितहरूको लागि पठाइने जनाएको छ । सरावल गाउँपालिकाले पीडितहरूको उद्धार, राहत र पुनर्स्थापनाका लागि सहयोग गर्न सबैमा अनुरोध समेत गरेको छ । साथै पालिकाका विभिन्न सरोकारवालाको पहलमा राहत संकलन कार्य भईरहेको समेत गाउँपालिकाले जनाएको छ ।
जाजरकोट भूकम्पका कारण १५३ जनाको ज्यान गएको छ भने सयौं घाइते छन् । उक्त भुकम्पबाट ३५ हजार ३२१ घरमा क्षति भएको छ । तीमध्ये १७ हजार ७९२ घर पूर्णरूपले नष्ट भएका छन् । १७ हजार ५२९ घरमा आंशिक क्षति भएको छ ।
सबैभन्दा बढी रुकुम पश्चिममा १६ हजार ५७० घर पूर्णरूपले नष्ट भएका छन् । त्यसपछि जाजरकोटमा एकजार १७० घर नष्ट भएका छन् । शुक्रबार राति गएको भूकम्पबाट ठूलो जनधनको क्षति भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस