२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

परासी बजार क्षेत्रमा रेडियो परासीले राख्यो २३ वटा सिमेन्टका कुर्सी

२०८० कार्तिक २०, सोमबार प्रकाशित (0 महिना अघि) ३९५ पाठक संख्या

परासी, २० कात्तिक । पश्चिम नवलपरासीको सदरमुकाम परासी बजार क्षेत्रमा सिमेन्टका कुर्सी व्यवसथपन गरिएको छ । सदरमुकाममै रहेको जिल्लाकै पहिलो रेडियो, सामुदायिक रेडियो परासीले आफ्नो १६ औँ वार्षिकोत्सवको अवसरमा पैदलयात्रु तथा सर्वसाधारणको सहजताका लागि बजारका विभिन्न क्षेत्रमा सिमेन्टका कुर्सी राखेको हो ।
रेडियोले विभिन्न रचनात्मक कार्यक्रमका साथ सप्ताहव्यापी रुपमा वार्षिकोत्सव मनाउने क्रममा आज चौँथो दिन परासी बजारको सौन्दर्यकरणमा समेत सहयोग गर्न सिमेन्टका कुर्सी व्यवस्थापन गरेको अध्यक्ष सुमन गोपाल आचार्यले जानकारी दिनुभयो । सामाजिक उत्तरदायित्व बहन गर्दै गत वर्ष बुद्धचोकसहितका स्थानमा चार वटा सिमेन्टका कुर्सी राखिएकोमा त्यसको राम्रो प्रतिक्रिया प्राप्त भएकोले यस वर्ष बजारका विभिन्न क्षेत्रमा २३ वटा सिमेन्टका कुर्सी व्यवस्थापन गरिएको अध्यक्ष आचार्यले बताउनुभयो । सिमेन्टका रंगिन कुर्सी राखिएपछि यात्रुलाई बस्नका लागि सहज भएको र परासी बजारको सुन्दरता समेत बढेको उहाँको भनाई थियो ।
आज विहान परासीको लोकतान्त्रिक चोकमा एक कार्यक्रम गरि सिमेन्टका कुर्सी स्थापना गर्ने कार्यको शुरुवात गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै रामग्राम नगरपालिकाकी उपमेयर सम्झना चौधरीले रेडियो परासीले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो । सञ्चारको माध्यमबाट नागरिकलाई सूसुचित गर्दै आएको रेडियोले सामजिक उत्तरदायित्वसमेत बहन गर्दै नगरका विभिन्न स्थानमा सिमेन्टका कुर्सी राखेर नगरको सुन्दरता बढाउन र सर्वसाधरणलाई बस्न सहज गराएकोमा खुशी व्यक्त गर्नुभयो । उक्त अवसरमा रेडियोका कोषाध्यक्ष नगेन्द्र अग्रहरी, सञ्चालक समिति सदस्य रामजी ज्ञवाली, प्रबन्ध निर्देशक मेघराज गौतम लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

Rp2

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस