२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

द प्याराडाईज बोर्डिङ स्कुलका विद्यार्थीलाई साईबर अपराध तथा लागुऔषध नियन्त्रण सम्बन्धी सचेतना

२०८० कार्तिक १७, शुक्रबार प्रकाशित (0 महिना अघि) ४८८ पाठक संख्या

परासी, १७ कात्तिक । पश्चिम नवलपरासीको रामग्राम–१६ स्थित द प्याराडाईज नेशनल ईङलिस बोर्डिङ स्कुलमा साईबर अपराध तथा लागुऔषध नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । विद्यालयले प्रत्येक शुक्रबार मनाउँदै आएको बुक फ्रि डे कार्यक्रम अन्तरगत आज विद्यार्थीहरुलाई साईबर अपराध र लागुऔषध नियन्त्रणको विषयमा सचेत गराईएको हो ।

Bl2

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय परासीबाट खटिएका प्रहरी अधिकृतहरुले लागुऔषध दुव्र्यसनी,लागुऔषधको परिचय,दुव्र्यसनीमा फस्नुको कारण,त्यसबाट हुने असर र त्यसबाट बच्ने उपाय तथा विद्युतिय उपकरणको प्रयोग गरी हुने साईबर क्राईम अपराध सम्बन्धि चेतना मुलक कक्षा संचालन गरेको विद्यालयका प्रधानाध्यापक बलिराम यादवले बताउनुभयो ।
पछिल्लो समय किशोरकिशोरी तथा युवाहरु साईबर अपराध तथा लागु औषधको दुव्र्यसनमा फस्दै गएकोले त्यस्ता कार्यबाट रोक्न विद्यालयमा यस किसिमको सचेतना कार्यक्रम सञ्चालन गरिएको प्रधानाध्यापक यादवले बताउनुभयो । समाज सचेत बनाउन यस्ता कार्यक्रमहरु महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाई थियो । युवा बर्गमा लागुऔषध र साइबर क्रामईमको समस्या देखिएको हुँदा स्वयम युवा र अभिभावक समेत सचेत हुन आवश्यक रहेको उहाँले बताउनुभयो ।

Bl3

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस