२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

सबै धर्म,संस्कृतिको संरक्षण र सम्बद्र्धनको दायित्व र जिम्मेवारीमा स्थानीय सरकार प्रतिबद्ध : मेयर अर्याल

२०८० कार्तिक १६, बिहिबार प्रकाशित (0 महिना अघि) २८६ पाठक संख्या

परासी, १६ कात्तिक । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाकी मेयर बिमला अर्यालले सबै धर्म, संस्कृतिको संरक्षण र सम्बद्र्धनको दायित्व र जिम्मेवारीमा स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । असल शिक्षा ग्रहण गरौँ, धर्म, संस्कार, संस्कृतिलाई संरक्षण गरौँ भन्ने नाराका साथ हिन्दु स्वयमसेवक संघ नेपालले सुनवलमा आयोजना गरेको प्राथमिक शिक्षा वर्ग प्रशिक्षणको समापन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर अर्यालले असल संस्कृति र संस्कार नयाँ पुष्तामा हस्तान्तरण गर्न आवश्यक रहेको बताउनुभयो ।
यस किसिमका प्रशिक्षणात्मक कार्यक्रमबाट असल संस्कारयुक्त नागरिक निर्माणमा महत्वपूर्ण टेवा पुग्ने मेयर अर्यालले विश्वास व्यक्त गर्नुभयो । उहाँले हरेक व्यक्ति अनुशासित र मर्यादित बन्न जरुरी रहेको बताउँदै त्यसका लागि ध्यान, योग, ज्ञान र व्यायामको आवश्यकता रहेकोमा जोड दिनुभयो ।
सुनवल–१० खकरीबारीमा आयोजित उक्त प्रशिक्षणमा जिल्लाका सातै पालिकाबाट १०३ जना बालक तथा किशोरहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरी, वडा नं.१० का वडा अध्यक्ष दिलबहादुर थापा लगायतको पनि सहभागिता रहेको उक्त कार्यक्रमका आर्थिक संयोजक विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस