२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

ध्वनी प्रदुषण नियन्त्रण गर्न रामग्राम सरकारलाई उपभोक्ता हित संरक्षण मञ्चको ध्यानाकर्षण

२०८० कार्तिक १६, बिहिबार प्रकाशित (0 महिना अघि) ४९२ पाठक संख्या

परासी, १६ कात्तिक । उपभोक्ता हित संरक्षण मञ्च नवलपरासीले नगर भित्र ध्वनी प्रदुषण नियन्त्रण गर्न रामग्राम सरकारसँग माग गरेको छ । विभिन्न बहानामा गरिने ध्वनी प्रदुषणले मानवीय स्वास्थ्यमा नकरात्मक प्रभाव परेको बताउँदै मञ्चले आज रामग्राम नगरपालिकालाई ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराएको हो ।
मञ्चका केन्द्रीय सदस्य एवं नवलपरासी ईन्चार्ज रामजी ज्ञवालीले नगर प्रमुख धनपत यादवलाई ध्यानाकर्षण गराउँदै स्थानीय सरकारको अधिकार प्रयोग गरि ध्वनी प्रदुषण नियन्त्रण गर्न माग गर्नुभएको हो । धार्मिक तथा विभिन्न उत्सवको बहानामा ध्वनी प्रदुषण गर्ने कार्य बढीरहेको बताउँदै ज्ञवालीले भन्नुभयो, पछिल्लो पटक कात्तिक १५ देखि स्वास्थ्य कार्यालय परासी अगाडि एक संस्थाले सप्ताहको नाममा चर्काे स्वरमा डिजे बजाईरहेको जसले गर्दा नजिकमा बसोबास तथा व्यवसाय गर्ने व्यक्ति एवं नजिकै रहेको पृथ्वीचन्द्र अस्पतालका बिरामी समेत प्रभावित बनाएको छ ।
चर्काे ध्वनी प्रदुषणले बालबालिका, बृद्धबृद्धा लगायतको स्वास्थ्यमा गम्भीर असर मात्र नभई स्थायी रुपमै श्रवणशक्ति गुम्ने खतरा रहनुका साथै मुटु रोगीलाई समेत जोखिममा पारिरहेको केन्द्रीय सदस्य ज्ञवालीले बताउनुभयो ।
यस प्रकारका धार्मिक तथा कुनै पनि उत्सवका कार्यक्रम गर्दा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को झ(५) बमोजिम स्थानीय नगर सरकारबाट आवश्यक आदेश जारी ध्वनी प्रदुषणलाई नियन्त्रण गर्न माग गरिएको उहाँले बताउनुभयो ।

Dd1

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस