२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

नवलपरासीमा स्रोत नखुलेको साढे १६ लाख रुपैँयासहित एक जना पक्राउ

२०८० कार्तिक १६, बिहिबार प्रकाशित (0 महिना अघि) २८०४ पाठक संख्या

परासी, १६ कात्तिक । प्रहरीले स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको टोलीले रामग्राम नगरपालिका–७ उजैनीबाट स्रोत नखुलेको रकमसहित पाल्हीनन्दन गाउँपालिका–२ हरपुर बस्ने २५ वर्षीय ईमरान खानलाई आज दिउँसो पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय परासीका प्रवक्ता प्रहरी नायव उपरीक्षक रेशम बोहराले १६ लाख ५० हजार नेपाली रुपैँयासहित खानलाई पक्राउ गरिएको जानकारी दिनुभयो । उजैनीस्थित परासी–महेशपुर सडक खण्डमा महेशपुरबाट परासीतर्फ आउँदै गरेको लु ९० प ७८८५ नम्बरको मोटरसाईकललाई जाँच गर्ने क्रममा मोटरसाईकलमा सवार खानले बोकेको झोलाबाट स्रोत नखुलेको एक हजार दरका सात सय थान र ५ सय थानका एक हजार ९ सय थान गरि रु १६ लाख पचास हजार नेपाली रुपैँया बरामद गरिएको डिएसपी बोहराले जानकारी दिनुभयो । नियन्त्रणमा लिएका खानमाथी आवश्यक कारवाही प्रक्रिया अघि बढाईएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
९%६%१९%१४%३%

प्रतिक्रिया दिनुहोस