२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

आर्थिक स्रोतका लागि व्यावसायिक भवन निर्माण गर्दै सरस्वती मावि शान्तिचौर

२०८० कार्तिक १५, बुधबार प्रकाशित (0 महिना अघि) ५२२ पाठक संख्या

परासी, १५ कात्तिक । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१२ शान्तिचौर कशियास्थित सरस्वती माविले आर्थिक स्रोत जुटाउन व्यवसायिक सटर भवन निर्माण गर्ने भएको छ । विद्यालयको आफ्नै आम्दानी नहुँदा निजी स्रोतका शिक्षकलाई तलब खुवाउन तथा थप शिक्षक पूर्ति गर्न समस्या भएपछि विद्यालयले व्यवसायिक सटर भाडामा लगाएर आम्दानी जुटाउने पहल थालेको हो ।
विद्यालय परिसरमा निर्माण हुने व्यवसायिक भवनको आज रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले शिलान्यास गर्नुभयो । विद्यालयमा व्यवसायिक भवन निर्माण गर्न रामग्राम नगरपालिकाले रु पचास लाख बजेट उपलब्ध गराएको नगर प्रमुख यादवले बताउनुभयो । विद्यालयलाई सक्षम बनाई शैक्षिक गुणस्तर बढाउन विद्यालयलाई उक्त सहयोग गरिएको उहाँले बताउनुभयो ।
विद्यालयको आफ्नै आन्तारिक आम्दानीको स्रोत नहुँदा शिक्षकहरुलाई उचित पारिश्रमिक दिन र थप शिक्षक पूर्ति गर्न समस्या रहेको विद्यालयका प्रधानाध्यापक दयानन्द चौधरीले बताउनुभयो । व्यवसायिक सटर निर्माण गरि भाडामा लगाएर प्राप्त आम्दानीबाट शिक्षकलाई तलब व्यवस्थापन गरिने उहाँले बताउनुभयो ।
आगामी तीन महिना भित्र चार वटा व्यवसायिक सटर निर्माण हुने गरि काम शुरु भएको रामग्राम नगरपालिकाका ईन्जिनियर महेश्वर ठाकुरले बताउनुभयो । उहाँका अनुसार लुम्बिनी विल्डर्स एण्ड कन्स्ट्रक्सन्स रामग्रामले आगामी माघ ७ गते भित्र सम्पन्न गर्ने गरि रु ३५ लाख ३९ हजार ६१८ मा ठेक्का सकार गरेको छ । उक्त अवसरमा उपमेयर सम्झना चौधरी, वडा अध्यक्ष लोकबहादुर चौधरी, नगरपालिकाका ईन्जिनियर माधव न्यौपाने, महेश्वर ठाकुर लगायतको पनि सहभागिता रहेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस