२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

हिन्दु स्वयमसेवक संघद्धारा सुनवलमा सात दिने संस्कार शिक्षा वर्ग प्रशिक्षण

२०८० कार्तिक १५, बुधबार प्रकाशित (0 महिना अघि) ३४४ पाठक संख्या

परासी, १५ कात्तिक । धर्म, संस्कार, संस्कृतिलाई जोगाउन हिन्दु स्वयमसेवक संघ नेपालले पश्चिम नवलपरासीमा प्राथमिक शिक्षा वर्ग प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । जिल्लाका सातै पालिकाका बालबालिकाहरुको सहभागितामा सुनवलको खकरीबारीमा सप्ताहव्यापी प्रशिक्षण सञ्चालनमा रहेको छ ।
असल व्यक्तित्व निर्माण गर्ने उद्देश्यले दश वर्षदेखि २२ वर्षसम्मका जिल्लाका १०३ जना बालबालिका तथा युवाहरुलाई सहभागि गराई प्रशिक्षित गराईने हिन्दु स्वयमसेवक संघले जनाएको छ । कात्तिक ९ गतेबाट शुरु भएको असल संस्कार कक्षाको शुभारम्भ सुनवल नगरपालिकाकी मेयर बिमला अर्यालले गर्नुभएको थियो ।

H1

होम गरेर शुरु गरिएको प्रशिक्षण कार्यक्रम अन्र्तगत प्रत्येक दिन विहान देखि साँझ सम्म सहभागिहरुलाई शारीरिक, मानसिक,मानसिक, बैचारिक, बौद्धिक कक्षाको माध्यमबाट प्रशिक्षण गराईरहेको आर्थिक संयोजक विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

H4

हिन्दु धर्म संस्कृति,संस्कार र परम्परालाई जोगाउने उद्देश्यले कक्षा सञ्चालन गरिएको उहाँले बताउनुभयो । कक्षामा असल संस्कार र नैतिक शिक्षा प्रदान गरिएको छ । आज कात्तिक १५ गते सुनवलमा बृहत र्याली पनि आयोजना हुने आयोजकले जनाएको छ । प्रशिक्षण कात्तिक १६ गते समापन हुनेछ ।

H2

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस