२०८१ मंसिर ९, आईतबार
24 खबर अपडेट

लुम्बिनीबाट महासचिव गुटेरेसको आह्वान: युद्ध छोडेर शान्तिको बाटोमा लागौं

२०८० कार्तिक १४, मंगलबार प्रकाशित ( साल अघि) २८७ पाठक संख्या

लुम्बिनी, १४ कात्तिक । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युद्धरत मुलुकहरूलाई शान्तिको बाटो अवलम्बन गर्न आग्रह गरेका छन्।

अहिले युक्रेन, रसिया, इसरायल, प्लानेस्टाइन जस्ता विभिन्न मुलुकहरूमा भइरहेको युद्धबाट सम्पूर्ण विश्व नै पीडित भइरहेकोले शान्ति स्थापनाका लागि लाग्न उनले सबैलाई आग्रह गरेका हुन्।

मंगलबार बिहान गौतमबुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणका लागि आएका महासचिव गुटेरेसले मायादेवी मन्दिर अगाडिबाट सम्बोधन गर्दै युद्धग्रस्त मुलुकहरूलाई शान्तिको मार्गमा लाग्न आग्रह गरेका हुन्।

महासचिव गुटेरेसले संसारभरि नै शान्ति स्थापनाका लागि लुम्बिनीको पवित्र उद्यान अत्यन्त महत्वपूर्ण भएको बताए।

भगवान गौतमबुद्ध जन्मिएको ठाउँ लुम्बिनीमा उभिएर विश्वलाई नै शान्तिको सन्देश दिन पाएकोमा आफूलाई अत्यन्त खुसी लागेको गुटेरेसले बताए।

महासचिव गुटेरेसले पछिल्लो समय जलवायुमा देखिएको परिवर्तनको कारण विकसित राष्ट्रहरू भए पनि त्यसको प्रभाव भने नेपाल जस्ता विकासोन्मुख मुलुकहरूले भोगिरहेको बताए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस