२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा उत्कृष्ट काम गर्ने प्रहरी पुरस्कृत

२०८० आश्विन ३०, मंगलबार प्रकाशित ( महिना अघि) २१८७ पाठक संख्या

मोहन पौडेल
परासी, ३० असोज । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको छ । ६८ औँ प्रहरी दिवसको अवसरमा आज कार्यालयले परासीमा आयोजना गरेको विशेष समारोहमा जिल्ला प्रहरी कार्यालय र मातहतका निकायमा कार्यरत पाँच जना प्रहरी कर्मचारीलाई पुरस्कार र कदरपत्रले सम्मान गरिएको हो ।
यसरी पुरस्कृत हुनेमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक किशोर आचार्यसहित प्रहरी सहायक निरीक्षक आश्विन ढकाल,प्रहरी सहायक हवल्दार सुग्रीव यादव,प्रहरी जवान उषा खत्री र प्रहरी जवान पृथ्वीबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रवक्ता डिएसपी रेशम बोहराले जानकारी दिनुभयो ।
वर्षभरि उत्कृष्ट कार्य गरेका प्रहरी कर्मचारीलाई पुरस्कृत गर्दा अन्य प्रहरी कर्मचारीमा समेत सकरात्मक प्रभाव पर्न गई कुशल कार्य सम्पादन गर्नेतर्फ उत्प्रेरित हुने भन्दै उहाँहरुलाई सम्मान गरिएको कार्यालय प्रमुख प्रहरी उपरीक्षक काजी कुमार आचार्यले बताउनुभयो ।
सोही अवसरमा विभिन्न प्रतियोगिताका विजयी प्रहरी कर्मचारी, विद्यार्थी, पूर्व प्रहरी, अमर प्रहरीका परिवार लगायतलाई पनि सम्मान गरिएको थियो । प्रहरी दिवसको अवसरमा विद्यालय स्तरीय निवन्ध प्रतियोगिता, खेलकुद प्रतियोगिता, रक्तदान एवं सम्पदा सरसफाइ लगायतका विविध रचनात्मक कार्यक्रम गरिएको एसपी आचार्यले बताउनुभयो ।

Poli

 

दिवसको अवसरमा आयोजित समुदायमा प्रहरीको भूमिका विषयक विद्यालय स्तरीय निवन्ध प्रतियोगितामा प्रथम हुन सफल जनता मावि भुजहवाकी प्रिती कोईरी, द्धितीय हुन सफल रमवापुर मावि सुनवलकी स्मृति सापकोटा, तृतीय हुन सफल लिटिल एञ्जेल्स मावि परासीकी सुष्मा गिरीलाई पुरस्कार प्रदान गरिएको थियो । उक्त प्रतियोगितामा जिल्लाभरीबाट २४ जनाको सहभागिता रहेको थियो ।
यसैगरी प्रहरी दिवसकै अवसरमा आयोजित टेबलटेनिस प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल प्रहरी नायब निरीक्षक महेन्द्रप्रसाद काफ्ले र प्रहरी जवान निरज ज्ञवाली, द्धितीय स्थान हासिल गर्न सफल प्रहरी नायव उपरीक्षक रेशम बोहरा र प्रहरी जवान टीका बहादुर घर्ति मगर, व्याडमिन्टन प्रतियोगितामा प्रथम हुन सफल प्रहरी सहायक हवल्दार ईश्वर कार्की र प्रहरी सहायक हवल्दार यमबहादुर राई, द्धितिय स्थान हासिल गर्न सफल प्रहरी हवल्दार लक्ष्मण ज्ञवाली र प्रहरी जवान पृथ्वीबहादुर कार्की, म्युजिकल चियर तर्फ प्रथम हुन सफल लक्ष्मी बोहरालाई पुरस्कृत गरिएको कार्यालयका प्रवक्ता डिएसपी रेशम बोहराले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष हरि शर्मा, पूर्व प्रहरी संगठनका जिल्ला अध्यक्ष ओमप्रकाश चौधरी, प्रहरी नायव उपरीक्षक रेशम बोहरा, प्रहरी निरीक्षक प्रकाश भुसाल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%४%१%

प्रतिक्रिया दिनुहोस