२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

मंसिर ५ देखि परासीमा छैठौँ नवलपरासी औद्योगिक व्यापार मेला आयोजना हुने

२०८० आश्विन २९, सोमबार प्रकाशित ( महिना अघि) १०६७ पाठक संख्या

मोहन पौडेल
परासी, २९ असोज । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा छैँठौँ नवलपरासी औद्योगिक व्यापार मेला आयोजना हुने भएको छ । नवलपरासी उद्योग वाणिज्य संघको आयोजनामा आगामी मंसिर ५ देखि १७ गतेसम्म रामग्राम नगरपालिका वडा नं.१२ कशिया, शान्तिचौरमा व्यापार मेला एवं कृषि, पर्यटन, उद्योग, व्यापार एवं सूचना प्रविधिको बृहत प्रदर्शनी आयोजना हुन लागेको हो ।
कोरोना महामारीपछि परासीमा पहिलो पटक हुन लागेको व्यापार मेलाले यस क्षेत्रको आर्थिक चलायमानमा टेवा पुग्ने नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले जानकारी दिनुभयो । नवलपरासीको कृषि, पर्यटन, उद्योग, व्यापारको प्रवद्र्धन गर्दै आर्थिक विकास गर्ने उद्देश्यले आयोजना गर्न लागिएको मेलामा करिब २०० स्टल रहने अध्यक्ष अग्रहरीले जानकारी दिनुभयो । मेलामा करिब रु पाँच करोड दश लाखको आर्थिक कारोबार हुने अनुमान गरिएको छ ।
मेलामा परम्परागत एवं जिल्लाको संस्कृति झल्कने गरि जात जातिहरुको भेषभुषाको झाँकी एवं कला प्रदर्शनी,ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति,स्थानीय तह स्तरीय सांस्कृतिक प्रतियोगिताका साथै स्थानीय कृषि उपज,ठूला, मझौला तथा साना उद्योगहरुको उत्पादनको प्रदर्शनी,घरेलु तथा साना उद्यमीहरुको उत्पादनको प्रदर्शनी आकर्षणको रुपमा रहने संघले जनाएको छ ।
यस्तै रामग्राम स्तुप, पण्डितपुर लगायत जिल्लाका पुरातात्विक एवं धार्मिक स्थलहरुको चिनारी, आधुनिक सूचना प्रविधिको प्रदर्शनी,निर्यात प्रवद्र्धनका लागि गोष्ठी, सेमिनार तथा अन्तरक्रिया तथा बाल उद्यान पनि आकर्षणको रुपमा रहने संघका अध्यक्ष अग्रहरीले बताउनुभयो ।
जिल्लाको सम्भावनाहरुलाई चिनाउने, औद्योगिक व्यवसायिक पर्यटकीय, कृषिजन्य एवं सांस्कृतिक तथा धार्मिक धरोहरहरुको प्रवद्र्धन एवं प्रचारप्रसारको माध्यमबाट साना ठूला लगानीकर्ताहरु भित्राउने, कृषिजन्य लगायतका उद्योगहरु स्थापनाका लागि वातावरण निर्माण गर्न लगानीकर्तालाई प्रोत्साहन गर्ने मेलाको मुख्य उद्देश्य रहेको संघका अध्यक्ष अग्रहरीको भनाई छ । उहाँले भन्नुभयो, “कृषक, उद्योगी र व्यवसायीका बीचमा अन्तरक्रिया गर्ने,जिल्लामा अवस्थित उद्योगहरुका उत्पादनको बजारीकरण तथा निर्यात प्रवद्र्धन, जिल्लाको पर्यटन प्रवद्र्धन, स्थानीय कला संस्कृतिको जर्गेना,स्वदेशी बस्तुको उपभोगमा प्रोत्साहन गर्न मेलाले महत्वपूर्ण टेवा पुग्नेछ”
मेलालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न विभिन्न समिति र उपसमितिहरु निर्माण गरि तयारी शुरु गरिएको संघका वरिष्ठ उपाध्यक्ष नगेन्द्र अग्रहरीले जानकारी दिनुभयो । उहाँका अनुसार संघका अध्यक्ष ओमप्रकाश अग्रहरीको संयोजकत्वमा मूल आयोजक समिति, पदाधिकारी सम्मलित नियमन समिति, स्टेरिङ समिति,सल्लाहकार समिति तथा विभिन्न विषयगत २५ वटा उपसमितिहरु निर्माण गरि तयारी थालिएको छ ।
मेलामा सहभागि हुने दर्शकका लागि ७० रुपैँया र विद्यार्थीका लागि ५० रुपैँया टिकटदर तोकिएको संघकी महासचिव तारा आचार्यले बताउनुभयो । मेलालाई थप आकर्षण बनाउन मेलाको गेट बुद्धचोकमा रहेको बुद्ध स्तुपाको आकृतिमा बनाईने उहाँले बताउनुभयो ।
लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवाललले कोरोना कहरपछि लामो समयको अन्तरालमा हुन लागेको यस मेलाले निजी क्षेत्रसहित कृषि, उद्योग, पर्यटन, व्यापारको प्रवद्र्धन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले मेलाको माध्यमबाट जिल्लामा रहेका उद्योगहरुको प्रवद्र्धन पर्यटन प्रवद्र्धनमा विशेष जोड दिन पनि उहाँले आग्रह गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशव भण्डारीले आर्थिक चलायमान र आर्थिक विकासमा यस मेलाले महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । लुम्बिनी पछि औद्योगिक क्षेत्रको रुपमा विकास भईरहेको परासी क्षेत्रमा औद्योगिक विकास एवं पर्यटन विकासमा मेलाले सहयोग गर्ने उहाँको भनाई थियो ।
नवलपरासी उद्योग वाणिज्य संघको आयोजनामा यसअघि २०६७,२०७२,२०७३,२०७५ र २०७६ मा औद्योगिक व्यापार मेला सञ्चालन भएको थियो ।

Mela2

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%३%१%१%

प्रतिक्रिया दिनुहोस