२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

सरावलमा मदरसाका विद्यार्थीलाई स्वास्थ्य सरसफाइ सचेतना तथा सरसफाइ सामग्री वितरण

२०८० आश्विन २८, आईतबार प्रकाशित ( महिना अघि) १०५८ पाठक संख्या

परासी, २८ असोज । पश्चिम नवलपरासीको सरावल गाउँपालिकास्थित मदरसामा अध्यनरत विद्यार्थीहरुलाई स्वास्थ्य सचेतना तथा सरसफाइ सामग्री प्रदान गरिएको छ । असल छिमेकी नेपाल संस्थाले गाउँपालिका,रामपुर खडौना स्वास्थ्य चौकी र वडा नं. ६ वडा कार्यालयको समन्वयमा मदरसामा अध्यनरत मुस्लिम विद्यार्थीलाई व्यक्तिगत र वातावरणीय सरसफाइ तथा स्वास्थ्य सचेतना प्रदान गरेको हो ।
सरावलको वडा नं.६ मा रहेका मदरसा नुरुल उलुम मधवलिया र मदरसा अरयिबा अहले सुन्नत रजाउल ओलम भुजहवामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले विद्यार्थीले आफ्नो व्यक्तिगत सरसफाइका साथै कक्षाकोठा र वरपरको वातावरण नियमित रुपमा सरसफाई गर्नुपर्नेमा जोड दिनुभयो ।

Mm2

विद्यालयमा आउँदा पनि डष्टबिनको सही प्रयोग गर्ने,खाएका खानेकुरा जथाभावि नफाल्ने,वातावरण स्वच्छ सफा राख्ने, नियमित रुपमा व्यक्तिगत सरसफाइमा ध्यान दिन उहाँले विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । सरसफाइको अभावकै कारण धेरै रोग लाग्ने गरेको बताउँदै गाउँपालिका अध्यक्ष चौधरीले रोग लाग्नै नदिन सबैले सरसफाइको महत्व बुझ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सहभागि करिब चार सय विद्यार्थीहरुलाई व्यक्तिगत सरसफाइका सामग्री साबुन नेलकटर, मन्जन, ब्रुस, रुमाल वितरण गरिएको थियो । उक्त अवसरमा सिराजु अन्सारी र रबी प्रताप यादवले स्वास्थ्य र सरसफाइको महत्पबारे प्रशिक्षण दिनुभएको थियो ।
मदरसाका प्रधानाध्यापक ताहिर हुसेनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी बालपुरी उपशाखाका सभापति सञ्जय मौर्य,असल छिमेकी नेपालका पदाधिकारी लगायतलेको पनि सहभागिता रहेको थियो ।

Mm3

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस