२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

भारतबाट ल्याउँदै गरेको दश लाखको अबैध औषधी बरामद

२०८० आश्विन २८, आईतबार प्रकाशित ( महिना अघि) ५११ पाठक संख्या

परासी, २८ असोज । नेपाल प्रहरीले पश्चिम नवलपरासीको सीमावर्ती पाल्हीनन्दनबाट दश लाख बराबरको अवैद्य औषधी बरामद गरेको छ । पाल्हीनन्दन गाउँपालिका वडा नं.१ स्थित सीमा क्षेत्रबमा भारतबाट अवैद्य रुपमा नेपाल भित्राईएको अवस्थामा प्रहरीले उक्त औषधी बरामद गरेको हो ।
विभिन्न कम्पनीका औषधीहरु नेपालतर्फ पैदल ल्याउँदै गर्दा ईलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरी टोलीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो । प्रहरीलाई देखेपछि सामान छोडेर कारोबारीहरु फरार भएको उहाँले बताउनुभयो । बरामद औषधी महेशपुर भन्सारमा चलान गरिने प्रहरील्े जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस