२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

मनिप्लान्ट साकोस सुनवलद्धारा एकिकरण पछिको प्रारम्भिक साधारणसभा,अध्यक्षमा थापा

२०८० आश्विन २७, शनिबार प्रकाशित ( महिना अघि) ७३९ पाठक संख्या

परासी, २७ असोज । मनिप्लान्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड(साकोस) सुनवल–४ नवलपरासीको अध्यक्षमा बलबहादुर थापा निर्वाचित हुनुभएको छ । नागमणि बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँग एकिकरण भएपछि संस्थाको आज सम्पन्न प्रारम्भिक तथा ११ औँ वार्षिक साधारणसभाले थापाको नेतृत्वमा नयाँ समिति सर्वसम्मत निर्वाचित गरेको हो ।
सहकारीको नवगठित समितिको उपाध्यक्षमा जनसरी गुरुङ्ग,सचिवमा किशोर कुमार कर्माचार्य,कोषाध्यक्षमा उमा गुरुङ्ग तथा सदस्यहरुमा ईन्द्रप्रसाद शर्मा सुवेदी,सृजना श्रेष्ठ केसी,लोक बहादुर थापा, कुलप्रसाद भट्टराई,रामबहादुर कुँवर, सीता कुमारी विक र लक्ष्मण पौडेल क्षेत्री चयन हुनुभएको निर्वाचन समिति संयोजक चित्र बहादुर गुरुङ्गले जानकारी दिनुभयो ।
यस्तै लेखा समितिको संयोजकमा ऋषिराम भुसाल र सदस्यमा तुलप्रताप सेन र डिला क्षेत्री चयन हुनुभएको छ । मनिप्लान्ट साकोस र सुनवल–३ मा रहेको नागमणि साकोसबीच गत असारमा एकिकरण भएको थियो ।

Mani2

 

संस्थाका निवर्तमान अध्यक्ष पदम बहादुर क्षेत्रीको अध्यक्षतामा भएको उक्त साधारणसभाको उद्घाटन सत्रलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य खड्ग बस्नेतले छरिएर रहेको पुँजीलाई एकत्रित गरि सदस्यहरुको आर्थिक अवस्थामा सुधार ल्याउन सहकारीको भुमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
सहकरीले प्रतिफल आउने गरि लगानी गर्न आवश्यक रहेको बताउँदै प्रदेशसभा सदस्य बस्नेतले सहकारीलाई सबल बनाउन सदस्यहरुको पनि सक्रियता हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारी सदस्यहरुको दैनिक जीवनको सहयात्री बन्न सक्नुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष क्षेत्रीले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष जानकी पौडेलले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक ईन्द्रप्रसाद शर्मा सुवेदीले लेखा प्रतिवेदन पेश गर्नुभएको थियो । गत आर्थिक वर्षमा कूल रु चार करोड ४८ लाख ६६ हजारको कारोबार गरि संस्थाले १६ लाख ७६ हजार मुनाफा आर्जन गर्न सफल भएको छ । सुनवल नगरपालिका कार्यक्षेत्र रहेको यस सहकारीमा ५०७ जना शेयर सदस्य रहेका छन् ।

उक्त अवसरमा सुनवल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोविन्द ढकाल, सुनवल खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सदस्य सञ्जय श्रेष्ठ, सहकारीका संस्थापक सचिव चित्रबहादुर गुरुङ्ग लगायतले शुभकामना व्यक्त गर्नुभएको सचिव किशोर कुमार कर्माचार्यले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस