२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

नवलपरासीका ६ वटा विद्यालयमा रेडक्रसद्धारा सरसफाइ सामग्री वितरण

२०८० आश्विन २५, बिहिबार प्रकाशित ( महिना अघि) ३७३ पाठक संख्या

परासी, २५ असोज । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नवलपरासीले विद्यालयमा सरसफाइ सामग्री वितरण गरेको छ । रेडक्रसद्धारा सञ्चालित सिसीबीएच कार्यक्रम अन्तरगत रामग्राम र सरावलका ६ वटा विद्यालयमा सरसफाइ सामग्री वितरण गरिएको हो ।
वर्षातको समयमा विभिन्न रोगहरु लाग्ने भएकोले ती रोगको रोकथाममा सहयोग पुर्याउने उद्देश्यले विद्यालयहरुलाई सरसफाइ सामग्री वितरण गरिएको नेपाल रेडक्रस सोसाईटी नवलपरासीद्धारा सञ्चालित सिसीबीएच परियोजनाका स्वास्थ्य अधिकृत अनुप खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार रामग्राम नगरपालिकाको वडा नं.१४ स्थित जनता आधारभूत विद्यालय, वडा नंं १५ स्थित घिनाहा आधारभूत विद्यालय र वडा नं.७ स्थित उत्तम बाल हित माविमा सरसफाई सामग्री वितरण गरिएको हो भने सरावल गाउँपालिकाको वडा नं.६ स्थित जनजागृत्ति आधारभूत विद्यालय पुसौली,वडा नं.५ स्थित विनोद निता कँडेल आधारधूत विद्यालय दुबौलिया र वडा नं.३ स्थित बालपूरी आधारभूत विद्यालयमा वितरण गरिएको हो ।
प्रत्येक विद्यालयलाई दुई थान डष्टविन,दुई थान ट्वाईलेट ब्रुस,ब्रुम चार थान, हरपिक दुई लिटर, फिनाईल दुई लिटर,डिटोल साबुन एक कार्टुन,नङ्ग काट्ने दुई थान, ग्लोब्स दुई डिब्बा, माक्स दुई डिब्बाको दरले वितरण गरिएको रेडक्रसका स्वास्थ्य अधिकृत खड्काले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस