२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

नवलपरासीमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू : पाँच स्थानमा यात्रु सहायता कक्ष

२०८० आश्विन २५, बिहिबार प्रकाशित ( महिना अघि) ५४९ पाठक संख्या

मोहन पौडेल
परासी, २५ असोज । बडादशैँ, तिहार तथा छठ लगायतका प्रमुख चाडपर्वलाई मध्यनजर गर्दै पश्चिम नवलपरासी प्रहरीले जिल्लाका विभिन्न स्थानमा यात्रु÷नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको छ । यात्रुहरुलाई सुरक्षित र सहजता प्रदान गर्दै नागरिकका गुनासा समाधान गर्न जिल्लाका पाँच स्थानमा सहायता कक्ष स्थापना गरि सेवा प्रवाह शुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार चाडपर्व लक्षित विशेष सुरक्षा योजना अन्तरगत पूर्वपश्चिम राजमार्गस्थित पश्चिम नवलपरासीको बर्दघाट, भूमही र सुनवलको ज्यामिरे, सदरमुकाम परासीस्थित बुद्धचोक तथा सीमावर्ती बजार महेशपुरमा यात्रु ÷नागरिक सहायता कक्ष स्थापना गरिएको हो ।
चाडपर्वको मौका छोपी महंगो भाडा लिने, सिट अनुसार टिकट विक्री वितरण नगर्ने तथा क्षमता भन्दा बढी यात्रु राख्ने, अग्रीम टिकट बुकिङ्गमा झन्झट लगायतका समस्या समाधान गर्न सहायता कक्षमा खटिएका प्रहरीले अनुगमन र सहजीकरण गरि यात्रुहरुलाई सुरक्षा प्रदान गर्ने डिएसपी बोहराले दैनिक ट्वान्टीफोर खबर डटकमलाई बताउनुभयो ।

Po2

“चाडपर्वको समयमा यात्रुको चाप बढी हुन्छ, बढी भाडा असुल्ने,सिट क्षमता भन्दा बढी यात्रु बोक्ने,ट्राफिक नियमको उल्लंघन गर्ने वा यात्रुहरुको सामान छुट्ने जस्ता समस्या हुन्छ,प्रहरीले सहायता कक्षको माध्यमबाट सहजताका साथ सेवा उपलब्ध गराउँछ”, उहाँले भन्नुभयो ।
सवारी साधनमा हुन सक्ने लुटपाट लगायतका घटनालाई मध्यजनर गर्र्दै राजमार्ग क्षेत्रमा चौविसै घण्टा विशेष चेकिङ्ग तथा हतियारसहितको प्रहरी गस्ती परिचालन गरिएको छ । यात्रुबाहक सवारी साधनमा सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको डिएसपी बोहराले बताउनुभयो ।
यात्राका क्रममा असजहता महुशस भए वा यात्रुहरुलाई कुनै समस्या परेमा तत्काल सहायता कक्षमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ । सहायता कक्षबाट नागरिकलाई शान्ति सुरक्षासँग सम्बन्धीत अन्य गुनासाहरुको पनि समाधान गर्ने प्रहरीले जनाएको छ ।
चाडपर्वलाई सुरक्षित र मर्यादीत बनाउन नवलपरासी प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर लागू गरेको हो । चाडपर्वको समयमा हुन सक्ने चोरी डकैती,लुटपाट तथा शान्ति सुरक्षामा खलल पुर्याउन सक्ने अपराधिक क्रियाकलाप तथा अन्य गैरकानूनी गतिविधलाई नियन्त्रण गरि शान्त वातावरणमा चाडपर्व मनाउने वातावरणका लागि विशेष सुरक्षा योजना बनाएर लागू गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक काजी कुमार आचार्यले दैनिक ट्वान्टीफोर खबर डटकमलाई जानकारी दिनुभयो ।
नागरिकले भयरहित शान्तिपूर्ण वातावरणमा चाडपर्व मनाउन सक्ने गरि सुरक्षा योजना कार्यान्वयनमा ल्याईएको र जस अन्तरगत जिल्लाभर ४८८ जना प्रहरी परिचालन गरिएको एसपी आचार्यले बताउनुभयो।
“जिल्ला सुरक्षा समितिबाट एकिकृत सुरक्षा योजना लागू गरिनुका साथै जिल्ला प्रहरी कार्यालयबाट चाडपर्व विशेष सुरक्षा योजना निर्माण गरि कार्यान्वयन गरिएको छ, बैंक वित्तीय संस्था, सुनचाँदी पसल लगायत आर्थिक कारोबार हुने स्थानमा बर्दि तथा सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ”, उहाँले भन्नुभयो ।
लागूऔषध, हातहतियार, अवैद्य गतिविधि नियन्त्रणका लागि तालिम प्राप्त कुकुर परिचालन, मापसे र लागू पदार्थ सेवक जाँचमा कडाईका लागि विभिन्न स्थानमा ट्राफिक प्रहरीसहितको संयुक्त चेकिङ्ग,जनचेतनामूलक पर्चा पम्पलेट निर्माण गरि वितरण, संयुक्त बजार अनुगमन लगायतका कार्यहरु भईरहेको नवलपरासी प्रहरीले जनाएको छ ।

Po3

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस