२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

नक्कली नोटसहित नवलपरासीको बर्दघाटबाट दुई युवा पक्राउ

२०८० आश्विन २४, बुधबार प्रकाशित ( महिना अघि) १६४८ पाठक संख्या

मोहन पौडेल
परासी, २४ असोज । नक्कली नोटसहित दुई जनालाई नवलपरासी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ जिल्लाको ऋषिङ्ग गाउँपालिका–३ दानश्री बस्ने २५ वर्षीय सुरज विक र पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिका–६ ठिमुरे बस्ने ३० वर्षीय कृष्ण बहादुर विश्वकर्मा रहेको प्रहरीले जनाएको छ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ बर्दघाट स्थित विनय होटल एण्ड रेष्टुरेष्टबाट उनीहरुलाई आज दिउँसो नक्कली नोट र नक्कली नोट बनाउने सामानसहित नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिनुभयो ।
नक्कली नोटको कारोबार भईरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले एक हजार दरको १३९ थान अर्थात एक लाख उनन्चालिस हजार रुपैँयाको नक्कली नोटसहित नियन्त्रणमा लिएको हो ।
होटलमा कोठा भाडामा लिई बसेका उनीहरुको साथबाट क्यामल स्टेम्प छाप एक थान,साईनी स्टीकर छाप ६ थान, गान्धी स्टेम्प एक थान, लालिगुँरास स्टेम्प एक थान,स्मार्ट ह्वाईट ग्लु दश थान, फलामको स्केल एक थान, मोबाईल दुई थान, कालो ब्रस एक थान र कैँची एक थान समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रेशम बोहराले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१०%२%९%२%१%

प्रतिक्रिया दिनुहोस