२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

नवलपरासीबाट १३ लाख बराबरको भन्सार छलीको कपडा बरामद

२०८० आश्विन २४, बुधबार प्रकाशित ( महिना अघि) १०२५ पाठक संख्या

मोहन पौडेल
परासी, २४ असोज । पश्चिम नवलपरासी प्रहरीले झण्डै १३ लाख रुपैँया पर्ने भन्सार छलीको कपडा बरामद गरेको छ । जिल्लाको सरावल गाउँपालिका–७ बुलन्दपुरबाट आज बिहान १२ लाख ७० हजार ४०० रुपैँयाको अवैद्य कपडा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
भारतबाट अवैद्य रुपमा ल्याउँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय महेशपुरका प्रमुख प्रहरी निरीक्षक फल बहादुर तामाङ्गको नेतृत्वमा खटिएको प्रहरी टोलीले उक्त कपडा नियन्त्रणमा लिएको हो । टाउको बोकेर पैदल मार्गबाट ल्याउँदै गरेको अवस्थामा कारोबारीहरुले प्रहरीलाई देखेपछि कपडा छाडेर भागेको जिल्ला प्रहरी कार्यालय नवलरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो ।
बरामद कपडा महेशपुर भन्सार कार्यालयमा बुझाईने प्रहरीले जनाएको छ । चाडपर्व नजिकिएसँगै सीमा क्षेत्रमा अवैद्य गतिविधि र तस्करी बढ्न नदिन कडाई गरिएको नवलपरासी प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%१%

प्रतिक्रिया दिनुहोस