२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

ईजरायलमा रहेका नेपालीको उद्धार र मृत्तकको शव तत्काल झिकाउन नागरिक समाजको माग

२०८० आश्विन २२, सोमबार प्रकाशित ( महिना अघि) ३७८ पाठक संख्या

परासी, २२ असोज । नागरिक समाज नवलपरासीले ईजरायलमा हमासको युद्धमा फसेका नेपालीको तत्काल उद्धार गर्न माग गरेको छ । समाजले आज एक विज्ञप्ति जारी गर्दै ईजरायलमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारसँग माग गर्दै संकटमा परेका नेपालीको उद्धारमा गम्भीर बन्न सरकारलाई आग्रह गरेको हो ।
नागरिक समाज नवलपरासीका अध्यक्ष राधेश्याम सिंह सैथवारले जारी गरेको विज्ञप्तिमा हमासको आक्रमणमा परि मृत्यु भएका नेपालीको शब यथाशक्य छिटो नेपाल झिकाएर परिवारलाई बुझाउन ध्यानाकर्षण गराउनुभएको छ । त्यहाँको सरकारसँग पहल गरि फसेका नेपालीलाई उद्धारको कार्यमा ढिलाई नगर्न पनि सरकारलाई सचेत गराईएको छ ।
हमास समूहले शनिबार गरेको आक्रमणमा परि ईजरायलमा दश जना नेपालीको मृत्यु भएको थियो । अझै पनि कतिपय सम्पर्क विहीन तथा कतिपय उद्धारको पर्खाईमा रहेको बताईएको छ । नागरिक समाज नवलपरासीले उक्त घटनामा परि निधन भएका नेपालीप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्मप्रति भावपूर्ण श्रद्धान्जली तथा शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस