२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

पाल्हीनन्दन, रामग्रामसहितका पालिकामा कार्यरत कर्मचारी आन्दोलित,अत्यावश्यक बाहेकका सेवा ठप्प

२०८० आश्विन २१, आईतबार प्रकाशित ( महिना अघि) ४४४ पाठक संख्या

परासी, २१असोज । स्थानीय तहमा कार्यरत कर्मचारीहरूले अनिश्चितकालीन पेनडाउन गरी अत्यावश्यकबाहेक काम रोकेर आन्दोनमा उत्रिएका छन् । स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिको आह्वानमा ७ सय ५३ वटै स्थानीय सरकारमा कार्यरत कर्मचारी आन्दोलित भएका हुन् ।
सोही क्रममा पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका, रामग्राम नगरपालिका सहित सातै पालिकाका कर्मचारीले पेनडाउनको घोषणा गर्दै अनिश्चितकालीन आन्दोलन शुरु गरेका छन् । आन्दोलनका कारण पालिका तथा वडा कार्यालयहरुबाट प्रवाह हुने सेवा प्रभावित भएको छ ।
सरकारले ल्याउन लागेको संघीय निजामती सेवा विधेयकको विरोधमा आन्दोलित हुनुपरेको संघर्ष समिति रामग्राम नगरपालिका समितिका संयोजक महेश्वर ठाकुरले बताउनुभयो । विरोधका कार्यक्रमअन्तर्गत आजदेखि पेनडाउन गरेर अत्यावश्यकबाहेक सेवा रोकिएको उहााले बताउनुभयो ।

R1

प्रस्तावित निजामती सेवा विधेयकमा प्रमुख प्रशासकीय अधिकृत प्रदेशले खटाउने गरी व्यवस्था गरिएकोमा स्थानीय सेवाबाटै प्रमुख प्रशासकीय अधिकृत राख्ने व्यवस्था गर्न माग गरिएको छ । संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गरिनुपर्ने, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनुपर्ने, निजामतीको परिभाषाभित्र स्थानीय तहका कर्मचारीलाई समेत समेटिनुपर्ने, बिनासहमति ७ सय ५३ स्थानीय तहमा वैज्ञानिक पूर्वानुमानयोग्य चक्रिय प्रणालीमा सरुवा गरिनुपर्ने लगायतका माग आन्दोलनरत कर्मचारीले अघि सारेका छन् ।

P2

त्यसैगरी, समायोजनका कर्मचारीहरूको उचित व्यवस्थापन गर्नुपर्ने, तीनै तहका कर्मचारीहरूको समान वृत्ति विकासको व्यवस्था गरिनुपर्ने, स्थानीय तहमा कार्यरत कर्मचारीको कर्मचारी कल्याणकारी कोषको अनिवार्य व्यवस्था गरिनुपर्ने, स्थानीय तहका कर्मचारीलाई निजामती अस्पतालबाट प्राप्त हुने सेवा सुविधामा सहुलियत उपलब्ध गराउनुपर्ने र जुनसुकै तहमा बहाल रहेको कर्मचारीलाई तीनै तहको विज्ञापनमा उमेरहद नलाग्ने र सेवा अवधि जोडिने व्यवस्था गरिनुपर्ने उल्लेख गरेका छन् ।

Pp R2

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%१%

प्रतिक्रिया दिनुहोस