२०८२ भाद्र १७, मंगलबार
24 खबर अपडेट

प्रदेश सरकार आर्थिक विकासतर्फ अघि बढेको छ : मुख्यमन्त्री चौधरी

२०८० आश्विन २०, शनिबार प्रकाशित ( साल अघि) ८०७ पाठक संख्या

बर्दघाट, २० असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्रदेश सरकार आर्थिक बिकासमा अघि बढेको बताउनु भएको छ । अबको आवश्यकता र मूलभूत उद्देश्य नै आर्थिक समृद्धिको रहेको उहाँले बताउनु भयो ।
हरेक महिला र युवाशक्तिलाई स्वरोजगार बनाएर मुलुकमै बस्ने बाताबरण तयार गर्नुपर्ने धारणा व्यक्त गर्दै मुख्यमन्त्री चौधरीले प्रदेश सरकार आर्थिक बिकासको यात्रामा अघि बढेको जिकिर गर्नुभयो ।
थारु समुदायको विशेष पर्व जितियाको अवसरमा पश्चिम नवलपरासीको बर्दघाट–६ मा आयोजित एक समारोहमा बोल्दै मुख्यमन्त्री चौधरीले यस्तो बताउनु भएको हो। मुख्यमन्त्री चौधरीले एकताको मूल श्रोत नै संस्कृती रहेको बताउँदै आफ्नो संस्कृतिको जगेर्ना गर्दै अरुका संस्कृतिलाई सम्मान गरेर अघि बढ्न सकेमात्र भातृत्व र एकताको संदेश दिन सकिने बताउनु भयो ।
आफ्नो कला सस्कृती लाई अब आय आर्जनको बाटो बनाई आर्थिक बिकास तर्फ उन्मुख हुनु पर्नेमा मुख्यमन्त्री चौधरीले जोड दिनुभयो । पछिल्लो समय देशमा सद्भाव खलबलिन खोजेको भन्दै मुख्यमन्त्री चौधरीले सबैले सबैको अस्तित्व,पहिचान र धर्म सस्कृतिलाई लाई सम्मान गर्दै अघि बढि एकताको संदेश दिनुपर्ने बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस