२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

जनउदय सामुदायिक वन उपभोक्ता समूह सुनवलको एघारौँ वार्षिक साधारणसभा सम्पन्न

२०८० आश्विन २०, शनिबार प्रकाशित ( महिना अघि) ५०२ पाठक संख्या

मोहन पौडेल
परासी, २० असोज । जनउदय सामुदायिक वन उपभोक्ता समूह सुनवल–३ कीर्तिपुर नवलपरासीको एघारौँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । साधारणसभाले संस्थाको गत आर्थिक वर्षको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन पारित गर्नुका साथै आगामी कार्ययोजना र अनुमानित बजेट समेत अनुमोदन गरेको छ ।
सभालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य खड्ग बस्नेतले सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षणसँगै रोजगारी सृजना र आर्थिक स्तर उकास्ने कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
वन संरक्षण गरेर मात्र नहुने बताउँदै उहाँले वनमा आश्रिम परिवारको आयआर्जन, वनमा आधारित उद्यम प्रवद्र्धन तथा पर्यापर्यटनको प्रवद्र्धनमा पनि वन उपभोक्ता समूहले जोड दिनुपर्ने उहाँको भनाई थियो ।
प्रदेशसभा सदस्य बस्नेतले सामुदायिक वन उपभोक्ता महासंघको आन्दोलनप्रति ऐक्वद्धता जनाउँदै महासंघका जायज मागहरु सम्बोधन गर्न आफूले सरकारसँग समन्वय गर्ने बताउनुभयो ।
जनउदय सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बलबहादुर थापाले आगामी कार्ययोजना प्रस्तुत गर्दै यो सामुदायिक वनले वन सम्बद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्य गरिरहेको जानकारी दिनुभयो । पूर्वपश्चिम राजमार्गसँग जोडिएकोले यो सामुदायिक वनलाई पर्यटनसँग जोडेर आयआर्जनको लागि जोड्ने पहल भईरहेको उहाँले बताउनुभयो ।
यस सामुदायिक वनमा विभिन्न मठमन्दिर, गुम्बा, रमणीय वन अवलोकनका लागि झोलुगें पुलसहित पार्क निर्माणको कार्य पनि अघि बढीरहेको अध्यक्ष थापाले बताउनुभयो । हरियाली पार्क तिलकानाको डिपीआर तयार भएको छ भने हनुमान पार्क निर्माणको लागि गुरुयोजना बनेको उहाँले बताउनुभयो । यसबाहेक पनि वृक्षारोपण, तारबार, पोखरी निर्माण तथा संरक्षण, वन उद्यमको प्रवद्र्धन,भूक्षय नियन्त्रण, सर्वसुलभ काठदाउराको उपलब्धता, गरिबी निवारणका लागि घर निर्माणमा सहयोग तथा आयआर्जनका कार्यक्रम सञ्चालन, यूवा महिला शसक्तीकरण लगायतका कार्यहरुलाई निरन्तरता दिने अध्यक्ष थापाले बताउनुभयो ।
सभामा अध्यक्ष थापाले आगामी कार्ययोजना, सचिव माया पुनले गत वर्षको वार्षिक प्रगति प्रतिवेदन,कोषाध्यक्ष कमला थापाले गत आर्थिक वर्षको आर्थिक प्रतिवेदन तथा आगामी वर्षका लागि रु एक करोड ६२ लाख ५५ हजार बराबरको अनुमानित बजेट तथा लेखा समिति संयोजक विकास काफ्लेले लेखा प्रतिवेदन पेश गर्नुभएको संस्थाले जनाएको छ ।
उक्त अवसरमा सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य द्धय कमल परियार, टिचन गुरुङ्ग, सुनवल नगर समिति अध्यक्ष कर्ण बहादुर सेन, मूलपानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष यज्ञप्रसाद पाण्डे, सुनवल–३ का वडा अध्यक्ष पविन गुरुङ्ग लगायतले पनि शुभकामना व्यक्त गर्नुभएको थियो ।
२०५४ सालमा स्थापना भएको जनउदय सामुदायिक वन २७७.७३ हेक्टर क्षेत्रफलमा फैलिएको छ । सुनवल नगरपालिकाको वडा नं.३,६,२ तथा पाल्हीनन्दन गाउँपालिकाको वडा नं.२ कार्यक्षेत्र रहेको यो सामुदायिक वनबाट एक हजार २३६ घरधुरीका सात हजार २०० जनसंख्या प्रत्यक्ष लाभान्वित रहेको संस्थाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस