२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

जनकल्याण साकोस पञ्चनगरको ३१ औंँ साधारण सभा सम्पन्न

२०८० आश्विन १३, शनिबार प्रकाशित ( महिना अघि) ३१८ पाठक संख्या

बर्दघाट,१३ असोज । जनकल्याण बचत तथा ऋण सहकारी सस्था लिमिटेड पञ्चनगरको ३१ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष कुलदीप आचार्यको अध्यक्षता तथा संविधानसभा सदस्य विक्रम खनालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त सभामा बोल्दै नेता खनालले सहकारीमार्फत नेपाल कै पुँजी नेपालमा नै प्रयोग भइरहेको बताउनुभयो ।
उहाँ भन्नुभयो –“अहिले नेपालको पँुजी यो वा त्यो नाउँमा बाहिरीएको छ । नेपालको बिकास ग्रामीण क्षेत्रको बिकास हुनु जरुरी छ । ग्रामीण क्षेत्रको बिकास गर्ने सहकारीबाहेक अरु कुनै माध्याम छैन । अहिलेको राष्ट्रिय अर्थ तन्त्रको शिथिलता बाट बाहिर निस्किन सकिने बलियो आधार सहाकरी नै हो ।“
नेपालका अर्थ तन्त्रमा सहकारीको महत्त्वपूर्ण योगदान रहेको बताउदै खनालले सहकारीले कुल ग्राहस्थ उत्पादन, रोजगारीको अवसर, पुजी निर्माण र परिचालन भइ रहेको खनालको भनाइ छ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले शेयर सदस्यहरु बीच अन्तरकृया गरि समुदायमुखी हुनु जरुरी रहेको बताउनु भयो ।
बर्दघाट नगर प्रमुख एव सस्थापक सभापति शम्भुलाल श्रेष्ठले सस्था संचालन गरिरहदा सामाजिक उत्तरदायित्व के के मा बहन ग¥यौं भनेर हेर्नुपर्ने बताउनु भयो । बर्दघाट नगरपालिका ९ का वडा अध्यक्ष चन्द्र कान्त चापागाईं, निवर्तमान अध्यक्ष डिक बहादुर पाण्डे, सस्थापक सदस्य बालिन्द्र बिक्रम शाहीलगायतले बोल्दै जनकल्याण साकोस सदस्य सदस्यमुखी सदस्यलाई सेवा प्रदान गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा सस्थाका कोषाध्यक्ष बामदेव अधिकारीले सस्थाको आर्थिक बर्ष २०७९÷८० मा आर्थिक प्रतिबेदन सचिब चेत नारायण भण्डारीले प्रगति प्रतिबेदन, लेखा समिति सदस्य दधिराम पौडेलले लेखा सुपरिवेक्षण समितिको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
बिगतमा एक लाख रुपैयाको दुर्घटना बीमालाई अहिले ३ लाख बनाइएको तथा गत आर्थिक बर्ष ७ करोड १२ लाख आम्दानी गरेको र ५ करोड ८५ लाख खर्च गर्दै १ करोड २६ लाख नाफा कमाएको संस्थाले जनाएको छ ।
अध्यक्ष कुल दिप आचार्यले वृद्धि नीति, बचत नीति , ऋण नीति, शेयर सदस्य बन्न, बनेका शेयर सदस्यले सेयर रकम थप गर्न, नियमित बचत गरी सहयोग गर्न शेयर सदस्यलाई आग्रह गर्नु भयो । उहाँ भन्नुहुन्छ–“ जनकल्याण सहकारी नीति र विधिमा संचालन रहेकाले शेयर सदस्यहरुलाई ढुक्क भएर कारोबार गर्नुहोस् ।“
कार्यक्रममा उत्कृष्ट शेयर खरिद कर्ता नारायण गिरि, उत्कृष्ट सुझाव कर्ता इन्दिरा गिरि, उत्कृष्ट कर्मचारी संगीता ज्ञावाली, उत्कृष्ट ऋणी राम प्रकाश पौडेल, उत्कृष्ट जेष्ठ नागरिक बचत कर्ता केदार महतोलाई सम्मान गरिएको छ । उपाध्यक्ष सम्झना शर्माको स्वागत रहेको कार्यक्रमको संचालक सचिब चेत नारायण भण्डारीले गर्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस