२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

रामग्राममा करेन्ट लागेर एक जनाको मृत्यु

२०८० आश्विन १२, शुक्रबार प्रकाशित ( महिना अघि) ५०३ पाठक संख्या

परासी, १२ असोज । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–७ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ३५ वर्षीय जय प्रकाश यादव रहेको प्रहरीले जनाएको छ ।
आज विहान ६ बजे घर अगाडिको विद्युतको पोलमा बलिरहेको बत्ती निभाउने क्रममा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नावय उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो । करेन्ट लागेर गम्भीर घाईते भएका यादवलाई उपचारको लागि पृथ्वीचन्द्र अस्पताल परासी ल्याइएकोमा चिकित्सकले मृत्त घोषणा गरेको प्रहरीले जनाएको छ । विद्युतको पोलमा स्मार्ट लिंक वाईफाईको तार लत्रिएर हाईटेन्सन तारमा छोएकोले करेन्ट प्रवाह हुन गई यादवको मृत्यु भएको स्थानीयले बताएका छन् । मृत्तक यादव सिद्धार्थ बैंक परासी शाखामा सुरक्षागार्डको रुपमा कार्यरत रहेको बताईएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%

प्रतिक्रिया दिनुहोस