२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

१४९८ औँ मोहम्मद जयन्तीको अवसरमा परासीमा भव्य र्याली

२०८० आश्विन ११, बिहिबार प्रकाशित ( महिना अघि) ४५८ पाठक संख्या

परासी, ११ असोज । पश्चिम नवलपरासीका मुस्लिम धर्मावलम्बीहरुले मोहम्मद जयन्ती धुमधामका साथ मनाएका छन्। आज विश्वभरिका मुस्लिम समुदायले ईस्लाम धर्मका प्रवद्र्धक पैगम्बर हजरत मोहम्मद मुस्तफा सलल्लाहो अलैहे वसल्लमको १४९८ आंै जयन्ती मनाएका हुन् ।
नवलपरासीका मुस्लिम धर्मावलम्बीहरुले परासी सदरमुकाममा वृहत र्यालीसहित नगर परिक्रममा गरि हर्साेल्लासका साथ मोहम्मद जयन्ती मनाएका हुन् । राष्ट्रिय ओल्मा काउन्सिल नेपालका केन्द्रिय अध्यक्ष मौलाना सैयद गुलाम हुसैन मिँयाको नेतृत्वमा जिल्लाको सदरमुकाम परासी बजारमा भव्य जुलुस निकालिएको थियो ।
राष्ट्रिय ओल्मा काउन्सिल नेपालको आयोजनामा जिल्लाको विभिन्न गाउँ तथा पालिकाहरुबाट आएको स–साना मोहम्मद ज्यन्ती जलुसहरु रामग्राम–२ हाटबजारमा मर्ज भई बृहत जुलुसमा परिणत भएको थियो । हाटबजारबाट परासी बाईपास चोक, घोडपाली हुदै जिल्ला प्रशासन, घण्टाघर चोक हुदै बुद्धचोकमा आई कोण सभामा परिणत भएको थियो ।
रंगिचंगी ब्यानर, ईस्लामि तथा राष्ट्रिय झण्डा बोकी ईस्लामि पोसाकमा सजिएर सयौँ मुसिलम समुदायका व्यक्तिहरु जुलुसमा सहभागि भएका थिए । ईस्लाम धर्मका परवर्तक पैगम्बरे आजम हजरत मोहम्मद मुस्तफा सलल्लाहो अलैहे वसल्लमले दिएको ईस्लामि तथा सामाजिक सन्देश दिन मुस्लिम समुदायहरु बर्षेनी यसरी भव्यताका साथ मोहम्मद जयन्ती मनाउदै आएका छन् ।
बर्षेनी अरबी हिजरीकोे छैठों महिनाको १२ तारिख बारह रबिउल अव्वलका दिन मुस्लिम समुदायहरु यो मोहम्मद ज्यन्ति मनाउदै आएको राष्ट्रिय ओल्मा काउन्सिल नेपालका अध्यक्ष मौलाना सैयद गुलाम हुसैन मिंयाले बताउनुभयो । पैगम्बर मोहम्मद साहब आएपछि समाजमा रहेका कुपर्था तथा विकृति विसंगतीलाई समाप्त पारी सहि मार्गदर्शन गरेको मुस्लिम समुदायको धर्मिक मान्यता रहेको छ ।
मोहम्मद ज्यन्तीको शुभ अवसर पारी विभिन्न गाउँहरुमा मिलादी तथा फतेहा खानी जस्ता कार्यक्रम समेत आयोजना गरिएको थियो । यस अवसरमा शुभकामना आदानप्रदान गर्ने, नमाज, कुरानय पढने, दानपुन गर्ने, सामाजि सदभाव कायम गर्ने मिठो मिठो पक्वान पकाई साथीभाईहरुलाई खुवाउने र ईस्लाम धर्मका सन्देश दिने जस्ता मुख्य कार्यहरु गरिने गरिन्छ ।
कोणसभामा ओल्मा काउन्सिल नेपालका अध्यक्ष सैदय गुलाम हुसैन मिँया, मुस्लिम समाजसेवी अमिरुल्लाह मिँया, कासिद अलि, मौलाना सैयद सद्दाम हुसैन मिया, मौलाना मोहरम अलि निजामी लगायतले मन्तब्य शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस