२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

मापदण्ड विपरित सडक निर्माण भईरहेको भन्दै रामग्राम–९ का स्थानीयको विरोध

२०८० आश्विन ११, बिहिबार प्रकाशित ( महिना अघि) ७०४ पाठक संख्या

परासी, ११ असोज । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं.९ स्थित पिपरहियामा निर्माणाधिन सडक मापदण्ड विपरित निर्माण भईरहेको भन्दै स्थानीयले विरोध जनाएका छन् । नगरपालिकाले तोकेको मापदण्ड विपरित सडक निर्माण गरि अनियमितता गर्न खोजिएको भन्दै स्थानीयवासीले आज नगरपालिकाको ध्यानाकर्षण गराएका हुन् ।
स्थानीयवासीहरुले आज रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन अर्यालमार्फत नगर प्रमुखको ध्यानाकर्षण गराउँदै निमांणाधिन सडक तत्काल रोक्का गरि मापदण्ड बमोजिम निर्माण गर्न माग गरेका हुन् । नगरपालिकाले तोकेको मापदण्ड भन्दा घटाएर बाटो निर्माण गरि अनियमितता गर्न खोजिएकोले विरोध जनाउनुपरेको स्थानीयवासी चन्द्रभुषण पाठकले बताउनुभयो ।
पाल्ही क्याम्पस देखि जोकवार–पिपरहिया–करमैनी हुँदै पाल्हीनन्दनको सीमासम्मको सडक खण्ड अन्तरगत पिपरहिया चोकदेखि करमैनीसम्मको सडक मापदण्ड विपरित निर्माण भईरहेको उहाँले बताउनुभयो । उक्त सडक खण्ड नगरको मापदण्ड अनुसार पचास फिटमा बन्नुपर्नेमा अहिले १८ फिटमा मात्र निर्माण भईरहेको स्थानीयले बताएका छन् ।
तीन वर्ष अघि वडाका जनप्रतिनिधि, नगरका प्रतिनिधि तथा स्थानीयवासीबीच भएको सहमति अनुसार उक्त सडक खण्डमा वस्ती क्षेत्रमा ३५ फिट र अन्य क्षेत्रमा पचास फिटमा सडक निर्माण गर्ने सहमति भए पनि त्यो अनुसार कार्यान्वयन नभएकोले दीर्घकालमा समस्या नमित्योस् भनेर स्थानीयवासी अहिले नै सचेत हुनुपरेको उहाँले बताउनुभयो ।
उक्त सडकको चौडाई र उचाई नबढाउँदा वर्षातको समयमा पानी जम्मा भएर अहिले गरिने कालोपत्रे समेत भत्कने जोेखिम भएकोले समयमै मापदण्ड अनुसारको बाटो निर्माण गर्न नगरपालिकाको ध्यानाकर्षण गराईएको स्थानीयले बताएका छन् । रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्यालले सडक मापदण्ड अनुसार बनाउन जनप्रतिनिधिसँग समन्वय गर्ने बताउनुभएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%२%

प्रतिक्रिया दिनुहोस