२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

भष्ट्राचारीलाई कारवाहीको माग गर्दै नगरपालिका कार्यालयमा चेतावनीको पर्चा पोस्टर !

२०८० आश्विन १०, बुधबार प्रकाशित ( महिना अघि) ३३८ पाठक संख्या

परासी,१० असोज ।  मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति नवलपरासीले ‘भष्ट्राचारीहरु जनताका शत्रु’रहेको पर्चा रामग्राम नगरपालिकाको कार्यालयको बिभिन्न स्थानमा टाँस गरेको छ ।
‘भष्ट्राचारीहरु जुनसुकै ओहोदामा बसेका भएपनि जनताका वर्गदुश्मन हुन् ।’ रामग्राम नगरपालिकाको कार्यालयको गेटमा पोस्टरको रुपमा टाँसिएको बिज्ञप्तिमा उल्लेख छ ।
पार्टीले नगरपालिकाको मुख्य गेट देखि सुचना पार्टी हुदै लेखा शाखा सम्मका बिभिन्न १९ स्थानमा चेतावनी स्वरुप पर्चा टाँस गरेको संयोजक समरले जानकारी दिनुभयो । उक्त पर्चामा रामग्राम नगरपालिकामा बनेको मुल्यांकन समितिले नियम विपरित २५ लाख रुपैया भत्ता लिएको बिषयलाई निकै महत्वका साथ उठाइएको छ ।

उहाँले भष्ट्राचार बिरुद्ध पार्टी कडा रुपमा प्रस्तुत हुने बताउदै भत्ता काण्डमा संलग्न उपर कारवाही नभए जनकारवाही गर्ने प्रतिबद्धता दोहो¥याउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस