२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

खजुरा पुल : काम शुरु नगरि ठेकेदार सम्पर्कबिहीन, प्रशासन गुहार्दै नगरपालिका

२०८० आश्विन १, सोमबार प्रकाशित ( साल अघि) ४५८ पाठक संख्या

परासी,१ असोज । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं ५ र १६ जोड्ने गरी निर्माण हुने भनिएको खजुराखोला पुल निर्माण अलपत्र परेको छ ।

ठेक्का सम्झौता भएको लामो समय बितिसक्दा समेत ठेकेदार कम्पनिले काम सुरु गरेको छैन ।पछिल्लो समय ठेकेदार सम्पर्कमा नै नआएर पुल निर्माणको काम अघि नबढेपछि बर्दघाट नगरपालिकाले जिल्ला प्रशासन कार्यालयसँग सहजिकरणका लागि सहयोग मागेको छ ।
नगरपालिकाले पत्रनै काटेर ठेकेदार कम्पनिलाई सम्पर्कमा ल्याई आवश्यक छलफलको बातावरण मिलाईदिन भन्दै प्रशासनलाई पत्र पठाएको हो ।”लामो समय भो हामीले पटक पटक सम्पर्क गरेर काम सुरु गर्नुस भनेर दिनकै ताकेता गरेका छौँ, पछिल्लो समय त झन् सम्पर्कमै आउन छोडे”नगरप्रमुख शम्भुलाल श्रेष्ठले भन्नुभयो ।ठेकेदारलाई सम्पर्कमा ल्याएर के कति कारणले काम सुरु नभएको हो बुझेर काम सुरु गर्ने बातावरण मिलाउने नगरप्रमुख श्रेष्ठको भनाई छ।

Received_999743284484024

नगरले पत्र काटेर ठेकेदार सम्पर्कमा ल्याई सहजिकरण गर्दिन अनुरोध गरेपछि जिल्ला प्रशासन कार्यालयले ठेकेदार र सम्बन्धित व्यक्तिहरुलाई असोज १० गते कार्यलयमा उपस्थित गराउन जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरी निर्देशन दिएको छ ।

Received_124786874053423

 

मृत संजिवनी निर्माण सेवा प्रालि कलंकि काठमाडौंले २०८० असार ३ गते निर्माण सम्पन्न गर्ने गरी २०७७ पुष २८ गते सम्झौता गरेको थियो । कुल ९ करोड ७७ लाखमा पुल निर्माणको सम्झौता भएको थियो । उक्त पुलको प्रतिनिधिसभा सदस्य विनोद चौधरीले शिलान्यास गर्नुभएको थियोे ।

Received_1592173204643516

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस